ग्रहको राजा सूर्यको राशि परिवर्तन : यी राशिका सुनौला दिन सुरु, हरेक कार्यमा सफलताको योग

काठमाडौँ : ज्योतिष शास्त्र अनुसार हरेक ग्रहले एक निश्चित समयावधिमा राशि परिवर्तन गर्छन्। ग्रहको राशि परिवर्तन कुनै राशिका लागि शुभ साबित हुन्छन् भने कसैको लागि कष्टदायी साबित हुन्छ। ग्रहको राजा सूर्यदेव असार १ गते(१५ जुन) बुधबार बुधको स्वराशि मिथुनमा प्रवेश गर्दैछ। वैदिक ज्योतिषमा सूर्यको सम्बन्ध पिता, प्रशासनिक पद र समाजमा मान-सम्मानसँग हुन्छ। त्यसैले सूर्य ग्रहको राशि परिवर्तनले सबै राशिहरुमा प्रभाव पार्छ। तर समस्त १२ राशिहरुमध्ये ३ राशिका लागि सूर्यको गोचर लाभदायक साबित हुन् सक्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्यदेव दोस्रो स्थानमा गोचर गर्नेछ, जसलाई धन र वाणीको स्थान भनिन्छ। यस अवधिमा आकस्मिक धनलाभको प्राप्तिको योग बन्नेछ। लामो समयदेखि रोकिएको धन प्राप्त गर्नुहुनेछ। आर्थिक स्थिति मजबूत हुनेछ। यस अवधिमा नयाँ जागिरको प्रस्ताव प्राप्त गर्नुहुनेछ र साथै सरुवाको योग देखिन्छ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सूर्य ग्रहको गोचर ११ औँ भावमा हुनेछ, जसलाई आय र लाभको भाव भनिन्छ। यस अवधिमा तपाईको आयमा वृद्दि हुनेछ। साथै आयका नयाँ श्रोतहरु बन्नेछन्। व्यापारमा आकस्मिक धनलाभको योग छ। घर-जग्गा खरिद-बिक्रीको लागि समय अनुकूल रहेको छ। यस अवधिमा व्यवसायिक सम्बन्धमा विस्तार हुनेछ, जसले भावी दिनमा प्रचुर लाभ दिनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

सूर्यदेवको गोचर दशम स्थानमा हुनेछ, जसलाई कर्मक्षेत्र र नोकरीको भाव भनिन्छ। त्यसैले यस अवधिमा तपाईले नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। कार्यस्थलमा तपाईको कामको तारिफ हुनेछ। साथै तलब वृद्दिसँगै बढुवाको योग देखिन्छ। कार्यक्षेत्रमा वरिष्ठ अधिकारीको भरपूर सहयोग प्राप्त गर्नुहुनेछ। व्यापारबाट पनि राम्रो धनलाभ हुनेछ।

समाजमा तपाईको मान प्रतिष्ठा बढ्नेछ। तपाईले केही सम्मानीय पुरस्कार प्राप्त गर्नुहुनेछ। सवारी साधन र सम्पत्तिको सुख प्राप्त गर्नुहुनेछ। वैदिक ज्योतिष अनुसार कन्या राशिको स्वामी बुध ग्रह हो र ज्योतिष अनुसार सूर्यदेव र बुध ग्रह बीच मित्रताको भाव हुन्छ। त्यसैले सूर्यदेवको राशि परिवर्तन कन्या राशिको लागि लाभदायी साबित हुनेछ।

प्रकाशित : बुधबार, जेठ २५, २०७९१२:०४

आउँदो ३ हप्ताको समय निकै लाभदायक हुन्छ यी ३ राशिलाई, जता-ततैबाट मिल्नेछ लाभ !