२ दिनको अन्तरालमा २ ठूला ग्रहले बदले चाल, ४ राशिको चम्किनेछ किस्मत

काठमाडौँ : दुई दिनको अन्तरालमा दुई ठूला ग्रहले चाल बदलेका छन्। जेठ २० गते(३ जुन) शुक्रबार बुध वृष राशिमा मार्गी भएको थियो। त्यसपछि जेठ २२ गते(५ जुन) आइतबार शनि कुम्भ राशिमा वक्री भएको थियो। ज्योतिष शास्त्रमा मार्गीको मतलब कुनै ग्रहको सिधा चाल र वक्रीको मतलब उल्टो चाल बुझिन्छ। ज्योतिषीहरुका अनुसार दुई दिनको फरकमा भएको दुई ग्रहको चालको बदलावलाई सामान्य रुपमा लिनुहुँदैन्। बुधको सिधा चाल र शनिको उल्टो चालले तीन राशिमा सबैभन्दा बढी प्रभाव पार्छ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

शनि र बुधको चाल परिवर्तनले मेष राशिका जीवनमा आमूल परिवर्तन ल्याउनेछ। यस राशिका जातकले काम र कारोबारमा धेरै प्रगति गर्नेछन्। आर्थिक क्षेत्रमा यिनीहरुले खुब प्रगति गर्नेछन्। नयाँ वाहन या घर-जग्गा खरिदको लागि समय अनुकूल रहेको छ। माङ्गलिक कार्य सम्पन्न गर्नको लागि यो समय निकै शुभ मानिन्छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

बुधको सिधा चाल वृष राशिमै सुरु भएको छ। ज्योतिषीहरुका अनुसार मार्गी बुध वृष राशिका लागि शुभ फलदायी साबित हुनेछ। नोकरीमा बढुवा तथा तलब-वृद्धिको योग देखिन्छ। साझेदारीमा गरिएको व्यापारले लामो समयसम्म लाभ दिनेछ। खर्च नियन्त्रण हुनेछ र पैसा बचत हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

शनि र बुधको चाल परिवर्तन हुनासाथ मिथुन राशिका व्यक्तिहरूलाई पनि फाइदा हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पन्न हुनेछन्। रोजगारीको अवसर प्राप्त हुनेछ। नयाँ काम मिल्ने सम्भावना बढ्नेछ। व्यापार-व्यवसाय फस्टाउनेछ। लामो यात्रामा सावधानी अपनाउनु पर्ने देखिन्छ, दूर्घटनाको योग देखिन्छ। अरुसँग गाडी मागेर पटक्कै चलाउनु हुँदैन।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

मार्गी बुध र वक्री शनिले धनु राशिका जातकलाई अपार फाइदा दिलाउनेछ। जागिरमा पदोन्नतिको सम्भावना छ। सरकारी जागिरको तयारीमा लागेकाहरुका लागि यो समय निकै अनुकुल रहेको छ। एकाग्रता बढ्नेछ र मन लगाई गरिएको काममा अवश्य सफलता हासिल हुनेछ। आयका नयाँ श्रोतहरु फेला पर्नेछन्।

प्रकाशित : बुधबार, जेठ २५, २०७९१३:४७

१८ महिनासम्म मंगल र शुक्रको राशिमा राहु-केतु, कुन-कुन राशिलाई सबैभन्दा शुभ ?