श्रीमतीले मेयरमा हार्दा प्रकाशमानलाई खल्लो लाग्यो, यसो भने !

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकामा मेयर जित्न नसक्दा खल्लो लागेको बताएका छन्। बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा सिंहले काठमाडौँ महानगरको मेयरमा नेपाली कांग्रेसले नजित्दा खल्लो लागेको बताएका हुन्।

स्थानीय तहको निर्वचनमा नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उठाएको थियो। तर मेयर पदमा सिंह स्वतन्त्र उम्मेदवार बालेन शाहसँग पराजित भएकी थिइन्। मेयर पदमा पराजित सिंह नेता प्रकाशमानकी श्रीमती समेत हुन्।

बिहिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ९ भित्रका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा मतदातालाई धन्यवाद दिन आयोजना गरिएको कार्यक्रममा बोल्दा सिंहले महानगरपालिकाको मेयरले जित्न नसकेकोमा खल्लो लागेको बताए। मेयरमा जित्न नसकेपनि नेपाली कांग्रेसले काठमाडौँ महानगरमा राम्रो गरेको सिंहको भनाई छ।

“भर्खरै सम्पन्न निर्वाचनमा काठमाडौं क्षेत्रले राम्रो गरेको छ। काठमाडौं जिल्लाले राम्रो गरेको छ। खल्लो हामलाई चै महानगरपालिकाको मेयरले जित्न नसकेको मात्र हो। तर ३२ वडामा १९ वडा त अध्यक्ष जितेकै छ। त्यतिमात्र हैन विभिन्न नगरपालिकामा अधिकांशमा हाम्रै छ। नगरपालिकाको कार्यपालिकाको प्रतिनिधित्व गर्नेमा गठबन्धनबाट हाम्रै नेतृत्व छ।”,सिंहले भने।

प्रकाशित : बिहिबार, जेठ २६, २०७९१६:४८

आइओसीलाई किस्ता तिर्न नपुगेपछि निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य ! कति ?