आज निर्जला एकादशीबाट चम्किनेछ यी ५ राशिका किस्मत, भगवान विष्णु र माता लक्ष्मीको रहनेछ विशेष कृपा

काठमाडौँ : आज जेठ २७ गते शुक्रबार निर्जला एकादशीको व्रत मनाइँदैछ । आजको दिन भगवान विष्णु र माता लक्ष्मीको पूजा गरिन्छ । शुक्रबारको दिन लक्ष्मीको नाम समर्पित गर्ने गरिछ र यस दिन लक्ष्मीको पूजा गर्नाले विशेष फल प्राप्त हुन्छ । यस्तो अवस्थामा जेठ २७ गते शुक्रबार बनेको यो संयोग ५ राशिका मानिसका लागि निकै शुभ साबित हुने भएको छ । आज यी व्यक्तिहरुसँग माता लक्ष्मी प्रसन्न हुनु हुनेछिन् र धन लाभ हुने मान्यता राहेको छ । जान्नुहोस् आजका भाग्यशाली राशिहरु कुन-कुन हुन् ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

वृष राशिका व्यक्तिहरूलाई आज नयाँ कामको प्रस्ताव आउने वा पदोन्नति पाउन सक्नेछन्। सरकारी-प्रशासनसँग सम्बन्धित कुनै काम पूरा हुनसक्छ। धन लाभ हुनेछ । जीवनमा सुख सुविधा बढ्नेछ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका व्यक्तिहरूलाई आजको दिन माता लक्ष्मीको कृपाले जागिरमा पदोन्नति मिल्नेछ। आजको दिन लामो समय देखि रोकिएको काम पुरा हुनेछ । यस राशिका व्यक्तिहरूलाई आजको दिन मन पर्ने ठाउँमा स्थानान्तरण हुन सक्छ। आम्दानी बढ्नेछ । आमाको सहयोगले कुनै पनि काम पूरा गर्न सकिनेछ ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – 

आजको दिन माता लक्ष्मीको कृपाले कार्यस्थलमा राम्रो प्रदर्शन गर्न सकिनेछ। जसको फाइदा छिट्टै पाउनुहुनेछ। मिहिनेतको फल अवश्य मिल्नेछ। जीवन साथीसँग राम्रो समय बित्नेछ। साझेदारको सहयोगले कुनै पनि काम सहज बन्न सक्छ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – 

वृश्चिक राशिका व्यक्तिहरूले ठूलो उपलब्धि हात पार्न सक्छन्। पदोन्नति-वृद्धिको प्रबल सम्भावना छ। काममा सफलता मिल्नेछ, आत्मविश्वास बढ्नेछ। धन लाभ हुनेछ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

काममा परिवर्तन आउन सक्छ। नयाँ कामको प्रस्ताव प्राप्त गर्न सकिनेछ । आम्दानी बढ्न सक्छ। खर्च बढे पनि आम्दानी बढेकोमा खुसी बढ्नेछ । घरमा कुनै धार्मिक कार्य हुनसक्छ।

प्रकाशित : शुक्रबार, जेठ २७, २०७९११:४४

आज निर्जला एकादशीको दिन पालना गर्नुहोस् यस्ता नियम, अन्यथा हुनसक्छ अनिष्ट !