शनिबारलाई शनिदेवको लागि समर्पित मानिन्छ। शनिदेवलाई न्यायकर्ता र कर्मदाता भनिन्छ। शनिदेवले आफ्नो कर्म अनुसार मानिसलाई त्यसको फल दिन्छन्। शनिबारको दिन राम्ररी शनिदेवको पूजा–आराधना गरी शनि सम्बन्धि उपाय गर्नाले शनिदोषको प्रभाव कम हुने विश्वास रहेको छ।

शनिबार यी ५ राशिका लागि विशेष
कर्कट, वृश्चिक, धनु, मीन र कुम्भ राशिका लागि शनिबार विशेष दिन रहनेछ। कर्कट र वृश्चिक राशिका लागि शनिको ढैय्या चलिरहेको छ भने कुम्भ, मीन र धनु राशीमा शनिको साढे सातीको प्रभाव छ। यस्तो अवस्थामा यी ५ राशिका व्यक्तिले शनिबार शनिदेवको विधिवत पूजा गर्नुपर्छ।

शनिदोषबाट बच्ने उपाय-
ज्योतिषीहरुका अनुसार हरेक दिन पीपलको रूखमा जल चढाउनुपर्छ। बेलुकी पीपलको रुखको छेउमा तोरीको तेलमा दियो बाल्दा शनिदोषबाट मुक्ति मिल्छ। शनि साढे सातीको समयमा चराको सेवा गर्ने व्यक्तिमा शनिदेवको अशुभ प्रभाव कम हुने विश्वास रहेको छ। शनिदेवको साढे साती र ढैय्यामा असहायलाई सहयोग गर्दा पनि लाभ मिल्ने जनाइएको छ।

कसरी बन्छ साढे साती र ढैय्या ?
जब व्यक्तिको जन्म कुण्डलीमा शनि बाह्रौं वा प्रथम वा दोस्रो भावमा हुन्छ, तब यो अवस्थालाई शनिको साढे साती भनिन्छ।यस्तो अवस्थामा मानिसले मानसिक तनाव र शारीरिक पीडाको सामना गर्नुपर्ने विश्वास छ। शनि एक राशिमा करिब साढे दुई वर्ष रहन्छ। यसको प्रभाव एक राशि पहिलो देखि एक राशि पछिल्ल्लो सम्म हुन्छ। यो अवस्थालाई साढे साती भनिन्छ। जब शनि गोचरमा कुनै पनि राशिको चौथो र आठौं घरमा हुन्छ, तब यो अवस्थालाई ढैय्या भनिन्छ।

