बलिउड सुपरस्टार तथा दबंग स्टार सलमान खानमाथि गो-ली प्रहार गरी ज्यान लिने प्रयास गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसु-टरले शुक्रबार मुम्बईमा सलमानको ज्यान लिने प्रयास गरेका हुन्।
टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गर्दै आएका छन्। यसअघि पञ्जाबी गायक सिद्धू मुसेवालाको ह-त्याको जिम्मेवारी समेत लिएका बिस्नोइ ग्याङका केही सार्पसु-टरले अभिनेता खानको ज्यान पनि लिने प्रयास गरेको बुझिएको छ।
यससँगै जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ। मुम्बई स्थित सलमान खान नै घरबाहिर सार्पसु-टरले अभिनेताको हत्याको प्रयास गरेपनि अन्तिम समयमा फर्किएको भारतीय मिडियाले जनाएका छन्। लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई ज्यान लिने चेतावनी प्राप्त भएपनि आफू माथि खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङ गर्न भनेर निस्किएका थिए।
बिहीबार मात्रै पुलिसले खुलासा गरेको थियो कि,”जेलमा थुनिएका गुण्डा लरेन्स बिश्नोईले सलमान खान र उनका बुबा सलिम खानलाई पत्र जारी गरेका थिए। उनको गिरोहका तीन जना राजस्थानको जालोरबाट मुम्बई आएका थिए र उक्त चिठ्ठी छोड्नका लागि आरोपी सौरभ महाकाललाई भेटेका थिए।”