हरेक अभिभावकलाई आफ्नी छोरीले कस्तो श्रीमान, सासू, ससुरा पाउँछिन् भन्ने चिन्ता हुन्छ । तर के तपाईलाई थाहा छ ज्योतिष शास्त्रमा पनि यी कुराहरु थाहा पाउन सकिन्छ कि विवाहपछि कस्तो हुन्छ घर परिवार ? यस बारेमा कुण्डलीको सातौँ घरबाट थाहा पाउन सकिन्छ। ज्योतिष शास्त्रका अनुसार जब व्यक्तिको घरमा पापी र क्रूर ग्रहको दर्शन हुन्छ तब व्यक्तिले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ।
ज्योतिष शास्त्रका अनुसार व्यक्तिको कुण्डलीको सातौँ घर निकै महत्वपूर्ण हुन्छ । सातौं घरबाट व्यक्तिको वैवाहिक जीवनको बारेमा थाहा हुन्छ। यी राशिका युवतीहरूलाई विवाहपछि श्रीमानको घरमा केही समस्याको सामना गर्नुपर्ने हुन्छ ।
कर्कट राशि
कर्कट राशिका युवतीहरुलाई विवाहपछि घर परिवार मिलाउन कठिनाइको सामना गर्नुपर्ने हुन्छ। यी युवतीहरु भावुक स्वभावका हुन्छन् । यस राशिको स्वामी ग्रह चन्द्रमा हो। चन्द्रमालाई मनको कारक मानिन्छ। जसका कारण यस राशिका युवतीलाई श्रीमानको घरमा श्रीमान्, सासुसँग मिलेर बस्न धेरै बाधा व्यवधान खेप्नु पर्ने हुन्छ । हि, हु, हे, हो, डा, डी, डो, डे, डो, वे बाट नाम सुरु हुने केटीहरुको राशि कर्कट हो ।
मकर राशि
ज्योतिष शास्त्र अनुसार मकर राशिका केटीहरु राज्य अग्रेसित हुन्छन् । जसका कारण यस राशिका युवतीले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । शनिदेवलाई मकर राशिको स्वामी हुन्। यस राशिमा शनिको प्रभाव देखिन सक्छ। शनिदेवलाई न्यायका देवता र कर्मदाताको रूपमा पनि चिनिन्छ। जसका कारण यो राशिका मानिसहरुले सहिलाई सही र गलतलाई गलत भन्न समय लाग्दैन ।
यस राशिका युवतीहरुले हरेक कामलाई निकै ग-म्भीरताका साथ लिन्छन् । यस राशिका युवतीमा स्पष्ट बोल्नमा विश्वास हुन्छ, त्यसैले मानिसहरूले राम्ररी बुझ्न गल्ती गर्छन्। समयसँगै बिस्तारै सबैको मन जित्न सफल हुँदै जान्छन् । कुनै पनि समस्यालाई दृढतापूर्वक सामना गर्छन् । भो, जा, जी, खी, खु, खे, खो, ग, गी, हाई नामबाट सुरु हुने केटी मकर राशिका हुन् ।

