स्वप्न शास्त्रमा कतिपय सपनाहरूलाई धेरै शुभका रूपमा वर्णन गरिएको छ। जसले यस्ता सपना देख्छन् उनीहरू खुसी हुनुपर्दछ किनभने चाँडै उनीहरको जीवनमा कुनै शुभ घटना वा लाभ हुने सम्भावना छ। यी सपना बिहान देखिएमा छिटै फल मिल्ने मान्यता रहेको छ। यी सपनाहरूले धन लाभ, काममा प्रगति, राम्रो जानकारी, कुनै काममा सफलता, ठूलो उपलब्धिको संकेत गर्दछ। जान्नुहोस् यी शुभ सपनाहरू के हुन् ?
सपनामा सानो बच्चालाई खुसी भएको देख्नु : सपनामा सानो बच्चा हाँस्दै र खेलिरहेको देखेमा यो सपनाले चाँडै आर्थिक लाभ हुने संकेत गर्छ। त्यसै गरी सपनामा सानी बालिकालाई नाचेको देख्दा पनि धेरै शुभ फल मिल्छ । यो राम्रो समाचार प्राप्त हुने संकेत हो।
सपनामा अन्नको थुप्रो देख्नु : बिहान सबेरै सपनामा अन्नको थुप्रो देख्नु भयो भने यो सपना भाग्यको ढोका खोल्ने संकेत हुन सक्छ । यस्ता सपनालाई धनी बन्ने संकेत भनिन्छ । यदि सपनामा आफूलाई अन्नको थुप्रोमा चढेको वा थुप्रोमा उभिरहेको देख्नुभयो भने, यसले तपाईलाई अचानक प्रशस्त मात्रामा धन प्राप्त हुने बलियो सङ्केत गर्दछ ।
सपनामा सेतो सर्प वा सेतो हात्ती देख्नु : सपनामा सेतो सर्प वा सेतो हात्ती देख्नु धन सम्पत्तिको मात्र होइन समाजमा मान -सम्मान पनि प्राप्त गर्ने संकेत गर्दछ । यस्तो सपना केवल धेरै भाग्यशाली मानिसले मात्र देख्छ।
सपनामा पानीले भरिएको कलश देख्नु : घरबाट निस्किदा वा कुनै महत्वपूर्ण कामको लागि जाँदा पानीले भरिएको भाँडो देख्नु शुभ मानिन्छ । त्यसै गरी सपनामा पानीले भरिएको भाँडो देख्नु सौभाग्यको संकेत हो । यस्तो सपनाले व्यक्तिलाई धेरै धन प्राप्त गर्ने संकेत गर्दछ।
सपनामा पितृहरू देख्नु : यदि सपनामा पितृहरू मुस्कुराउँदै वा आशीर्वाद दिइरहेको देखिएमा यो तपाईको जीवनमा धेरै खुसी आउने संकेत हो। धन प्राप्तिबाट केही राम्रो जानकारी प्राप्त हुने, व्यापारमा ठूलो सफलता मिल्ने वा परिवारमा सुख प्राप्ति हुने संकेत हो ।

