काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस

काठमाडौँ : काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुर जिल्ला चाँगुनारायण मन्दिर परिसर केन्द्रबिन्दु भई भूकम्प गएको हो।अनुसन्धान केन्द्रका अनुसार ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

वि.सं. २०७२ को महाभूकम्पपछि साना-ठूला पराकम्पहरु जानेक्रम जारी छ। वि.सं. २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५६० भन्दा धेरै परकम्प गइसकेको छ ।

महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन्। विज्ञहरुका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा छ वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो।

जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहने र भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको हुँदा यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने विज्ञहरुले बताएका छन् ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९०२:५६

फैलदै मनसुन: कहाँ-कहाँ फैलियो ? कहाँ-कहाँ बाँकी ?