भाइरल वडा अध्यक्ष घरमा बालेन पुगेपछि …

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाल बीच भेटवार्ता भएको छ। साह र रिजाल बीच रिजालको बालाजुस्थित निवासमा भेटवार्ता भएको हो।

रिजाललाई भेट्न मेयर साह शनिबार रिजालकै निवासमा पुगेका थिए। भेटमा दुई जनाबीच काठमाडौँको फोहोर व्यवस्थापन र महानगरका दैनिक काम–कारबाहीका विषयमा छलफल भएको थियो।

साहले भेटघाटका क्रममा फोहोर व्यवस्थापनका साथै महानगरको काम कारवाहीमा सुझाव मागेका थिए। साथै साहले रिजालको कार्यशैलीबाट आफू प्रभावित भएको समेत बताएका थिए।

रिजालले फोहोर व्यवस्थापनमा नगर प्रमुखको सक्रियताको प्रशंसा गर्दै मेयरलाई सघाउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टीभन्दा माथि उठेर मेयरलाई सहयोग गर्ने रिजालको भनी थियो।

रिजाल निवासमा साहसँगै कलाकार अर्जुन घिमिरे (पाँडे) समेत पुगेका थिए। साह त्यहाँ झन्डै २ घण्टा बसेको बताइएको छ। साहले शनिबार खाना पनि रिजालकै घरमा खाएको बताइएको छ।

प्रकाशित : शनिबार, जेठ २८, २०७९१३:५५

बालेन भन्छन् – ‘स्वास्थ्य र शिक्षालाई व्यापार बनाउन हुँदैन’