काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। वि.सं. २०७९ जेठ २९ गते आइतबार हो। आइतबार ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि हो। जेठ २९ गते ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका जातकले कठिनाईको सामना गर्नुपर्नेछ। आइतबारको दिन सुर्यदेवलाई समर्पित हुन्छ। आइतबारको दिन सुर्यदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने मान्यता रहेको छ। आइतबारको दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल : –
जेठ २९ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – आइतबार (Sunday)।।। नक्षत्र – विशाखा , २२:२० बजे उप्रान्त अनुराधा ।।। तिथि – त्रयोदशी , २२:११ बजे उप्रान्त चतुर्दशी ।।। करण – कौलव ११:१० बजेदेखि तैतिल , २२:११ बजे उप्रान्त भद्रा ।।। योग – शिव , १६:०३ बजे उप्रान्त सिद्ध ।।। जेठ २९, २०७९, आइतबार ।।। १२ जुन, सन् २०२२ ।।। त्रयोदशी, ज्येष्ठ शुक्लपक्ष ।।। तछलाथ्व, ११४२ ने.सं. ।।।सूर्योदय(sunrise) – ५: ०९ ।।। सूर्यास्त(sunrise) – १८:५८ ।।। कार्यक्रमहरू : विश्व बालश्रम विरुद्ध दिवस(World Day Against Child Labour), प्रदोष व्रत ।।। शुभ साइत : – रुद्री गर्ने साइत, होम गर्ने साइत ।।।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – शारीरिक र मानसिक रुपबाट अस्वस्थता अनुभव गर्नुहुनेछ। ज्वरो, रुघा-खोकीले सताउनेछ। धार्मिक कार्यमा लाग्दा खर्च हुनेछ। कसैको लालचमा नफस्नुहोस्।तपाइको माताको स्वास्थ्य खराब हुनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – यसदिन तपाइको व्यापारबाट आम्दानीमा वृद्धि हुनेछ। आफन्त तथा साथीहरुसँग रमाइलो समय बित्नेछ। यसदिन विशेषगरी महिला वर्गबाट लाभ हुनेछ।जीवनसाथीको सम्बन्धमा प्रगाढ आत्मियताको अनुभव गर्नुहुनेछ। शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – यसदिन तपाइको हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। घर, अफिस तथा सामाजिक क्षेत्रमा अनुकूल वातावरण हुँदा प्रसन्नताको अनुभव हुनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। गृहस्थ जीवनमा आनन्द छाउनेछ। र उत्तम सांसारिक सुख प्राप्त गर्नसक्नुहुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – शारीरिक-मानसिक स्वास्थ्यको साथ-साथै भाग्यवृद्धिको अवसर आउनेछ। विदेशबाट शुभ समाचार मिल्नेछ। धार्मिक कार्यमा समय बित्नेछ। पारिवारिक सदस्यको साथ राम्रो समय बित्नेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – यस दिन तपाई आफ्नो स्वास्थ्यको बारेमा विशेष ध्यान राख्नुहोस्। बिरामीको कारण अस्पतालमा खर्च गर्नुपर्नेछ। तपाई आफ्नो रिस र बोलिलाई संयम राख्नुहोस्। पारिवारिक सदस्यको साथ मनमुटाव हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – सामाजिक र सार्वजनिक क्षेत्रमा ख्याति प्राप्त हुनेछ । स्त्री वर्गबाट विशेष लाभ हुनेछ। दाम्पत्य-जीवनमा खुसियाली छाउनेछ। नया वस्त्र किन्ने तथा लगाउने योग रहेको छ । यात्राको सम्भावना रहेको छ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – यसदिन जागिर तथा व्यवसाय गर्नेको लागि अत्यन्त लाभदायक रहेको छ । जागिर गर्नेहरुको लागि सफलता मिल्नेछ । पारिवारिक वातावरण सौहार्दपूर्ण रहनेछ। प्रतिस्पर्धीमाथि विजयी हासिल गर्नुहुनेछ। कार्यालयमा सहयोगीहरूको सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – यसदिन तपाइको शारीरिक र मानसिक स्फूर्तिमा अभाव रहेनछ। परिवारमा झगडाको वातावरण रहँदा तपाइको मन उदास हुनेछ। अनिन्द्राले सताउनेछ। सार्वजनिक जीवनमा अपमानित हुनुहुनेछ । धन हानि हुनेछ। नदी, पोखरी र समुद्र जस्ता जलाशयहरूसँग सावधान रहनुहोस्।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – यसदिन तपाइको पुरै सुखमय रहेनछ। अनुकूल परिस्थिति निर्मित हुँदा तपाई हरेक कार्य सरलतापूर्वक गर्नसक्नुहुनेछ। मन प्रसन्नता रहेनछ। व्यापार-धन्दाबाट आर्थिक लाभ प्राप्त हुनेछ। दाजुभाईसँग राम्रो समय बित्नेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – मनमा दुविधा हुँदा तपाईमा निर्णयशक्तिमा अभाव पैदा हुनेछ। स्वास्थ्य खराब हुनेछ। बोलीमा संयम अपनाउनुहोस्। नत्र वादविवादमा पर्दा आफन्तसँग मनमुटाव हुनेछ। कार्यमा कम सफलता मिल्नेछ। अनावश्यक खर्च र धनहानिको योग रहेको छ। विधार्थीको पढाईमा अवरोध आउनेछ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – यसदिन तपाईले आनन्द, उत्साह र प्रशन्नताको अनुभव गर्नुहुनेछ। नयाँ कार्यको सुरुवात गर्दा लाभदायक साबित हुनेछ। यात्राको योग रहेको छ। धार्मिक कार्यमा खर्च हुनेछ। निर्धारित कार्य सफल हुनेछ। दाम्पत्य जीवनमा सुखको अनुभव हुनेछ। परिवारमा शान्तिको माहोल बन्नेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – आनन्द, उत्साह र तन-मनको प्रशन्नताले तपाइको दिनमा चेतना र स्फूर्तिको सञ्चार गर्नेछ। नयाँ कार्य सुरुवात गर्नुभयो भने त्यसमा सफलता मिल्नेछ। दाम्पत्य जीवन आनन्दमय रहनेछ।


