रुडिगरको आगमनले यी खेलाडी तनावमा, रियल छाड्ने तयारी !

एजेन्सी – रियल म्याड्रिडका डिफेन्डर फेर्ल्यान्ड मेन्डीले क्लब छाड्न सक्ने सम्भावना देखिएको छ। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार मेन्डीले क्लब छाड्न सक्ने सम्भावना देखिएको हो।

जर्मन डिफेन्डर एन्टोनियो रुडिगर रियलमा आएपछि मेन्डी क्लब छाड्ने मनस्थितिमा पुगेको स्पेनिस मिडियाहरुले जनाएका छन्। रुडिगरको आगमनले क्लबमा आफ्नो भूमिका कम हुन सक्ने देखेपछि उनी रियल छाड्ने बारे सोच्न थालेको बताइन्छ।

मेन्डी गत सिजन कार्लो एन्सेलोट्टीको नियमित रोजाईमा परेका थिए। रियललाई च्याम्पियन्स लिग दिलाउन मेन्डीले पनि धेरै महत्वपूर्ण भूमिका निभाएका थिए। सन् २०२१-२२ को सिजनमा उनले रियलका लागि कुल ३५ खेल खेलेका थिए। जसमा उनले २ गोल गरेका थिए। साथै उनको नाममा ५ असिस्ट पनि छ।

त्यस्तै रियलले रुडिगरलाई भने केहि दिन अगाडी मात्रै क्लबमा भित्र्याएको हो। फ्री ट्रान्सफरमा चेल्सीबाट रियल आएका उनी रियलको नियमित टोलीमा हुने उच्च सम्भावना छ।

मेन्डीले रियल छाड्न चाहेको खण्डमा उनलाई भित्र्याउन पेरिस सेन्ट जर्मेन(पिएसजी) तयार रहेको एल नेसियोनलले जनाएको छ। रियलमा खुशी भएपनि आफ्नो भूमिका खुम्चिने देखिए मेन्डीले क्लब छाड्ने एल नेसियोनलको दावी छ।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१३:०५

अन्ततः पिएसजी जान सहमत भए जिदान !