यस सिजन नभए अर्को सिजन जसरी पनि ब्यालोन डी ओर जित्ने सलाहको प्रण !

लिभरपुल स्टार मोहम्म्मद सलाहले आफू जर्ज वेहपछि ब्यालोन डी ओर जित्ने पहिलो अफ्रिकन खेलाडी बन्न आफूले हरेक प्रयास गर्ने प्रण गरेका छन्। गत सिजन निकै उत्कृष्ट फुटबल खेलेका पूर्व रोमा स्टारलाई सिजन सुरुवातसँगै ब्यालोन डी ओर आवर्डका प्रमुख दाबेदारका रूपमा हेरिएको थियो।

तर वर्षको सुरुमा अर्फिकन कप अफ नेसन्समा फाइनलमा पराजित भएसँगै उनको यो सपनामा धक्का लाग्न सुरु भएको थियो। जसपछि अन्तिम छनोट खेलमा सेनेगलसँग पेनाल्टीमा पराजित भएसँगै उनले इजिप्टलाई २०२२ विश्वकपमा पनि छनोट गराउन सकेनन्। अन्तत: च्याम्पियन्स लिग फाइनलमा पनि सलाह अर्का ब्यालोन डी ओर प्रमुख दाबेदार बेन्जेमाको रियल म्याड्रिडसँग पराजित भएसँगै उनको यो समय पूरा यस सिजन भने नहुने पक्का-पक्कि भएको छ।

यस्तोमा, २९ वर्षीय फरवार्डले अर्को सिजन झनै बलियो तरिकाले पुनरागमन गर्ने प्रण लिएका छन्। फ्रान्स फुटबलसँगको एक अन्तर्वातामा उनले ब्यालोन डी’ओर जित्ने र जर्ज वेहपछिको पहिलो अफ्रिकी बन्ने आफ्नो इच्छामा पनि टिप्पणी गरेका हुन्।”म यो जित्न चाहन्छु, एकमात्र अफ्रिकी जर्ज वेहमा सामेल हुन,” सलाहले भने, “यो सत्य हो कि म २०२१ (सातौं) मा मेरो वरीयताबाट स्तब्ध भएँ।”

“यस वर्ष रियल म्याड्रिडसँगको हार बेफाइदा हो, मैले फाइनलमा राम्रो खेल खेले पनि,” उनले थपे, “तर यसले मैले महिनौंसम्म हासिल गरेको सबै कुरा रद्द गर्दैन। भोटको लागि पर्खौं। र यदि म २०२२ मा ब्यालोन डी’ओर जित्न सक्षम भैंन भने, म अर्को बन्न हरेक प्रयास गर्नेछु।”

गत सिजन लिभरपुलका फरवार्ड मोहम्मद सलाहको अर्को उत्कृष्ट सिजन थियो, इजिप्टियनले चार प्रतियोगितामा ३१ गोल गरे र लिभरपुललाई एफए र काराबाओ कप जिताउन मद्दत गरे।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१२:२०

रुडिगरको आगमनले यी खेलाडी तनावमा, रियल छाड्ने तयारी !