म्याड्रिडलाई चुना लगाएपछि बार्सिलोनालाई दनक दिने तयारीमा पीएसजी, लेवान्डोस्की उडाउने प्लान !

रोबर्ट लेवान्डोस्की समावेश चलिरहेको ट्रान्सफर सोप ओपेरा शनिबार नयाँ अध्यायमा प्रवेश गरेको छ। बार्सिलोनासँग लामो समयदेखि नाम जोडिएका पोलिस स्टारलाई अनुबन्ध गर्ने दौडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पनि प्रवेश गरेको छ।

युवा स्टार किलियन एमबाप्पेलाई थप ३ वर्षका लागि क्लबमा राख्न सफल भएपछि, फ्रान्सेली च्याम्पियनहरूले अब बाभेरियनमा लेवान्डोस्कीको स्थितिको अस्थिरताको फाइदा उठाउँदै बार्सिलोनाको समर ट्रान्सफर योजनालाई बाधा पुर्‍याउन खोजिरहेका छन्। L’Equipe द्वारा शनिबार दिउँसो रिपोर्ट गरे अनुसार, पीएसजीले आफ्नो आक्रमण पङ्क्ति बलियो बनाउन बार्यन स्टार उत्तम खेलाडी हुने पीएसजीले विश्वास गरेको छ। यद्यपि, सोही अखबारले यो स्पष्ट पार्छ कि यो ट्रान्सफर एक जटिल प्रक्रिया हुनेछ।

अखबारका अनुसार पीएसजीले पूर्व डर्टमण्ड स्ट्राइकरको आगमनले टोलीमा उच्च भ्यालु थप्ने विश्वास गरेको छ र उनी मेस्सी-एमबाप्पे-नेयमार ट्रियोका लागि उत्कृष्ट पूरक हुन सक्छन्। तर, बार्सिलोनाले स्ट्राइकरका लागि कडा मेहनत गरिरहेको छ। ब्लाउग्राना क्लबले आफ्नो रुचि लुकाएका छैनन् र यस गर्मीको लागि बार्सिलोनाका मुख्य टार्गेट हुन्।

थप रूपमा, स्वयम् बार्यन म्युनिख स्टारले पनि यो जोड दिँदै आएका छन् कि जर्मन क्लबमा उनको समय समाप्त भएको र आफू बार्सिलोना बाहेक अन्य कुनै क्लबमा रूची राख्दैनन्। यद्यपि, खेलाडीले क्लब छाड्न दबाद दिएपनि बार्यन म्युनिखले भने क्लबसँग खेलाडीको सम्झौतामा एक वर्ष बाँकी रहेको हुँदा आफूहरले लेवान्डोस्कीलाई कुनै पनि मूल्यमा नबेच्ने कुरामा जोड दिँदै आएको छ।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१४:१०

डे गिया भन्छन्-‘सर्वश्रेष्ठ रोनाल्डोबाट युवा स्टारले सिक्नुपर्छ’