अन्ततः पिएसजी जान सहमत भए जिदान !

एजेन्सी – विभिन्न स्पेनिस मिडियाहरुका अनुसार जिनेदिन जिदान पेरिस सेन्ट जर्मेन(पिएसजी)को प्रशिक्षक बन्न तयार भएका छन्। स्पेनिस मिडिया मुण्डो डिप्रोटिभोका अनुसार जिदान पिएसजीको प्रशिक्षक बन्न तयार भएका हुन्।

स्पेनिस महारथी रियल म्याड्रिडका पूर्व प्रशिक्षक समेत रहेका जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भएको मुण्डो डिप्रोटिभोको दावी छ। जिदान ३ वर्ष पिएसजीको जिम्मेवारी सम्हाल्न मौखिक सहमति जनाएको डिप्रोटिभोले जनाएको छ।

डिप्रोटिभोले गरिरहेको दावी अनुसार कतारी मालिक तमिम बिन हमाद अल थानीसँगको भेट पश्चात जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भएका छन्।

जिदान पिएसजी जान मौखिक रुपमा सहमत भएपनि जुनभरमा आधिकारिक सम्झौता हुने डिप्रोटिभोले आफ्नो समाचारमा उल्लेख गरेको छ। जिदान पिएसजी जान तयार भएको समाचार आइरहेपनि त्यसको आधिकारिक पुष्टि हुन भने बाँकी छ।

पिएसजीले जिदानलाई लामो समय देखि पछ्याइरहेको छ। जिदानले रियल छाडेयता पिएसजीले उनलाई निरन्तर सम्पर्क गरिरहेको छ। पिएसजी मात्र नभई फ्रान्सका राष्ट्रपतिले पनि जिदानले पिएसजीको जिम्मेवारी सम्हालुन् भन्ने चाहेका छन्। राष्ट्रपति इमानुयल माक्रोनले जिदानलाई सार्वजनिक रुपमै पिएसजीको जिम्मेवारी सम्हाल्न आह्वान गरेका थिए।

जिदानले सन् २०२०-२०२१ को सिजन सकिएपश्चात रियल छाडेका थिए। रियललाई त्यस सिजन कुनै उपाधि दिलाउन नसकेपछि उनले रियल छाड्ने निर्णय गरेका थिए। त्यसयता उनी कुनै पनि क्लबसँग आवद्ध भएका छैनन्।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१३:२२

म्यानचेस्टर युनाइटेडलाई पनि लेवान्डोस्की चाहियो !