ज्योतिष शास्त्रमा आफ्नो वरपरको नकारात्मक ऊर्जालाई हटाउन र ग्रहहरूको शुभ प्रभाव बढाउनका लागि धेरै उपायहरू बताइएका छन्। ज्योतिषशास्त्रका अनुसार तपाईंको वरपरको दैनिक जीवनमा उपयोगी हुने धेरै चीजहरूको प्रयोगले पनि ग्रहहरूलाई शान्त पार्न मद्दत गर्छ यी चीजहरू मध्ये एक जौ हो। हिन्दू धर्ममा शुभ र पवित्र मानिने जौ, जसको प्रयोग हवन, पुजाजस्ता धेरै शुभ कार्यमा पनि गरिन्छ, यसको ज्योतिष शास्त्रमा केही उपायहरु बताइएको छ जसले जीवनमा सुख र समृद्धि बढाउन सक्छ। यस्तोमा, जानौं ती उपायहरूको बारेमा…
आरोग्य प्राप्तिका लागि
ज्योतिषशास्त्र अनुसार पूर्णिमा वा औंशीको दिन जौको साथ हवन गर्नु शुभ मानिन्छ। यसले तपाईंको घरमा नकारात्मक उर्जाको प्रभावलाई कम गर्दै परिवारका सदस्यहरुको स्वास्थ्यमा पनि सुधार ल्याउँछ।
धन प्राप्तिका लागि
शास्त्र अनुसार जौलाई सुन जत्तिकै शुद्ध मानिन्छ। यस्तो अवस्थामा गरिब तथा विपन्नलाई जौ दान गर्दा आर्थिक अभावबाट मुक्ति मिल्ने र धन प्राप्ति हुने विश्वास रहेको छ।
राहुको दुष्प्रभाव कम गर्न
कुण्डलीमा राहु ग्रहको अशुभ प्रभावका कारण व्यक्तिको जीवनमा धन, परिवार, करियर आदिसँग सम्बन्धित धेरै समस्या आउन सक्छ। यस्तो अवस्थामा ज्योतिष शास्त्रका अनुसार राहुको अशुभ प्रभाव हटाउन शनिबार जौ, काँचो दूध, तिल, कोइला, दुबो र तामालाई बग्ने पानीमा प्रवाहिक गर्नुहोस्। यसका साथै शनिबार परेवालाई जौ खुवाउँदा राहु–केतुको अशुभ प्रभावबाट मुक्ति मिल्ने विश्वास रहेको छ।
सुख-समृद्धिका लागि
ज्योतिष शास्त्र अनुसार हरेक दिन भगवान विष्णुलाई जौ अर्पण गर्नाले घरमा सुख-समृद्धि कायम हुनुका साथै काममा सफलता मिल्ने विश्वास रहेको छ।
माता लक्ष्मीको कृपा पाउनका लागि
माता लक्ष्मीको कृपाले घरमा सुख,शान्ति र ऐश्वर्यको आशिर्वाद सदैव रहन्छ। यस्तो अवस्थामा ज्योतिषशास्त्रका अनुसार घरमा कुनै पनि शुभ कार्यक्रममा कलश वा भगवानको मुर्ति मुनि जौको दाना राख्नाले घरमा लक्ष्मीको वास हुन्छ।

