एजेन्सी – बय्रण म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने प्रतिष्पर्धामा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि सहभागी हुने भएको छ। यसै ट्रान्सफर विन्डोमा क्लब छाड्न खोजिरहेका लेवान्डोस्कीलाई युनाइटेडले पनि भित्र्याउन प्रयास गर्ने भएको हो।
लेवान्डोस्कीले बायर्न छाड्ने पक्का भइसकेको छ। लेवान्डोस्की कुनै पनि हालतमा बायर्नमा रहने पक्षमा छैनन्। लेवान्डोस्कीलाई सार्वजनिक रुपमै बायर्नमा आफ्नो कथा सकिसकेको बताइसकेका छन्।
सन् २०२३ सम्मका लागि सम्झौता रहेपनि लेवान्डोस्की एक सिजन अगाडी नै बायर्न छाड्ने पक्षमा देखिएपछि युरोपका धेरै क्लबहरुको ध्यान उनीतर्क केन्द्रित भएको छ। लेवान्डोस्की सकेसम्म क्याटलान क्लब बार्सिलोना जाने पक्षमा छन्।
बार्सिलोनाले पनि लेवान्डोस्कीलाई भित्र्याउन चाहेको छ। लेवान्डोस्की बार्सिलोनाको मुख्य प्राथमिकता रहेका छन्। तर आर्थिक समस्याका कारण लेवान्डोस्कीलाई भित्र्याउन बार्सिलोनाका लागि सहज भने पक्कै हुने छैन।
लेवान्डोस्कीलाई बार्सिलोनाले भित्र्याउन नसकेको खण्डमा प्रिमियर लिग ल्याउने युनाइटेडको तयारी छ। विभिन्न बेलायती मिडियाहरुका अनुसार युनाइटेडले लेवान्डोस्कीलाई भित्र्याउन प्रयास गर्ने निर्णय गरिसकेको छ।
लेवान्डोस्कीले क्लब छाड्ने भएसँगै बायर्नलाई उनको स्थान लिने खेलाडी चाहिएको छ। बायर्नले उनको स्थानमा लिभरपुलका स्टार साडियो माने ल्याउन चाहेको छ। गएको केहि समय देखि बायर्न त्यसैको तयारीमा छ। बायर्नले लिभरपुललाई दुई पटक प्रस्ताव गरिसकेको छ। तर लिभरपुलले दुवै प्रस्ताव अस्विकार गरेको विभिन्न खेल मिडियाहरु बताउँछन्।