रोनाल्डिन्होलाई मन पर्न थाल्यो लिभरपुल, भन्छन् – ‘लिभरपुलका अट्याक खतरा लाग्छ’

एजेन्सी – ब्राजिलियन लेजेण्ड रोनाल्डिन्होले प्रिमियर लिग क्लब लिभरपुलको खुलेर प्रशंसा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डिन्होले लिभरपुल र लिभरपुलका खेलाडीहरुको खुलेर प्रशंसा गरेका हुन्।

हालको अवस्थामा सबै भन्दा बढी कुन क्लब र खेलाडी मन पर्छ भन्ने प्रश्नको जवाफ दिनेक्रममा रोनाल्डिन्होले लिभरपुलको आक्रमण पङ्ती आफूलाई धेरै मन पर्ने बताए। लिभरपुलको लिभरपुलको आक्रमण पङ्तीको खेल हेर्न धेरै मज्जा लाग्ने उनको भनाई छ।

“एउटा टोली छनोट गर्न गर्न धेरै गार्हो छ। यहाँ उत्कृष्ट भन्दा उत्कृष्ट टोली छन्। यस्तोमा एउटा मात्र खेलाडी रोज्न पनि कठिन हुन्छ। मलाई धेरै क्लबका धेरै खेलाडीहरू मनपर्छ। मलाई लाग्छ कि प्रत्येक क्लबमा उत्कृष्ट खेलाडी छन् जुन मलाई हेर्न मनपर्छ। तर लिभरपुलको आक्रमण पङ्तीका खेलाडीहरुको खेल धेरै राम्रो लाग्छ।”,रोनाल्डिन्होले भने।

लुइस डियाज, मोहम्मद सलाह र साडियो माने गत सिजन लिभरपुलको आक्रमण सम्हालेका थिए। तीन खेलाडीको उच्च प्रदर्शनमा लिभरपुल सिजनको अन्त्य सम्म विभिन्न उपाधिहरुको दौडमा थियो। लिभरपुलले गत सिजन चार प्रतियोगितामा बलियो दाबेदारी प्रस्तुत गरेको थियो।

एफए कप र कराबाओ कप उपाधि जित्दा लिभरपुल प्रिमियर लिगमा म्यानचेस्टर सिटी भन्दा पछि परेको थियो। लिभरपुलले प्रिमियर लिग च्याम्पियन सिटी भन्दा एक अंकले मात्र पछाडी रहेर सिजनको अन्त्य गरेको थियो।

त्यस्तै लिभरपुलले गत सिजन च्याम्पियन्स लिगको फाइनल सम्मको यात्रा पनि तयार गर्यो। च्याम्पियन्स लिगको फाइनलमा लिभरपुल रियल म्याड्रिडसँग पराजित भएको थियो।

प्रकाशित : आइतबार, जेठ २९, २०७९१९:२५

चुवामेनी बने रियल इतिहाँसकै चौंथो महँगा खेलाडी, सबै भन्दा महँगो को ?