हाल बुध वृष राशिमा गोचर गर्दैछ र अब जुन १८ बाट शुक्रको पनि यही राशिमा गोचर सुरु हुँदैछ। वृष राशिमा बुध-शुक्रको संयोगले लक्ष्मीनारायण योग बन्नेछ। ज्योतिष शास्त्रका अनुसार यो योग निकै शुभ मानिएको छ। वृष राशिमा जुन १८ देखि जुलाई २ सम्म यो योग बन्नेछ। यो योगको सबैभन्दा शुभ प्रभाव वृष राशिका मानिसहरुमा रहनेछ। जान्नुहोस् कुन राशिका लागि यो योग फलदायी साबित हुनेछ।
वृष राशि

भगवान विष्णु र माता लक्ष्मीको विशेष आशीर्वाद यस राशिका मानिसहरुमा रहनेछ। तपाईंको खुशी र सौभाग्य बढ्नेछ। दाम्पत्य जीवनमा पनि सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा पनि तपाईंको प्रदर्शन उत्कृष्ट रहनेछ। समग्रमा यो समय तपाईंको लागि राम्रो साबित हुनेछ।
कर्कट राशि

यो राशिका लागि पनि यो योग शुभ साबित रहनेछ। आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ। हरेक काममा सफलता मिल्नेछ। व्यापार व्यवसायीले पनि शुभ समाचार सुन्न पाउनेछन्। नयाँ कामको थालनीका लागि समय अनुकुल देखिन्छ। विशेष व्यक्तिसँग भेटघाट हुनसक्छ।
कन्या राशि

यो राशिका व्यक्तिहरुले शुभ समाचार पाउन सक्नेछन्। कार्यस्थलमा आफ्नो पहिचान बनाउन सकिनेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ। रोकिएको धन प्राप्त हुन सक्छ। फ्रेसर्सका लागि राम्रो जागिर पाउने सम्भावना छ।
वृश्चिक राशि

यो राशिका लागि यो योग शुभ साबित हुनेछ। हरेक काममा सफलता मिल्नेछ। आर्थिक अवस्था राम्रो रहनेछ। एकभन्दा बढी माध्यमबाट धन प्राप्त गर्न सकिनेछ। प्रेम जीवनको लागि पनि समय राम्रो रहनेछ। पुरानो रोगबाट मुक्ति मिल्नेछ। धन सम्पतिमा वृद्धि हुने प्रबल सम्भावना छ।

