दिन २ गुणा-रात ४ गुणा प्रगति गर्छन् यी ५ राशिका मानिस, के तपाईं पनि पर्नुभयो ?

प्रगति होस्, उच्च पद-प्रतिष्ठा र धेरै धन प्राप्त होस् भन्ने चाहना सबैको हुन्छ। कसैलाई यो सबै मिहिनेत गरेर पनि मिल्दैन भने कसैले सबै कुरा सजिलै पाउँछन्। ज्योतिष शास्त्रमा यस्ता ५ राशिका बारेमा बताईएको छ, जुन राशिका मानिस अत्यन्त भाग्यशाली हुन्छन्। उनीहरुले आफ्नो जीवनमा नाम, पद र पैसा सबै छिटो प्राप्त गर्छन्। जान्नुहोस् यी भाग्यशाली राशिहरु कुन-कुन हुन् ?

वृष राशि 

वृष राशिका मानिसहरु धेरै मेहनती हुन्छन् र हरेक काम पूर्ण लगनका साथ गर्छन्। यस राशिका मानिस करियरको सन्दर्भमा धेरै महत्वाकांक्षी हुन्छन् र छिटो प्रगति गर्छन्। उनीहरू विलासी जीवन बिताउँछन् र अपार धनको मालिक बन्छन्। यस्ता व्यक्तिले सानै उमेरमा धेरै नाम कमाउँछन्।

कर्कट राशि 

कर्कट राशिका व्यक्तिहरू मेहनती र असल लिडर हुन्छन्। उनिहरु मल्टिटास्किङ पनि हुन्छन् र हात हालेको काम पूरा गरेपछि मात्रै राहतको सास फेर्छन्। यी व्यक्तिहरू पनि सानै उमेरमा प्रगति गर्छन्। यी व्यक्तिहरूले पैतृक सम्पत्ति पनि पाउँछन् र आरामदायी जीवन बिताउँछन्।

सिंह राशि 

सिंह राशिका व्यक्तिहरू निडर, साहसी र उत्कृष्ट लिडर हुन्छन्। उनीहरुको व्यक्तित्व बलियो र आकर्षक हुन्छ। यस कारण, यस राशिका मानिस धेरै लोकप्रिय हुन्छन् र सानै उमेरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुन्छन्।

वृश्चिक राशि 

वृश्चिक राशिका व्यक्तिहरूले आफ्नो लक्ष्य प्राप्तिका लागि साम-दाम-दण्ड-भेद सबै नीति अपनाउछन्। यी मानिसहरुले सजिलैसँग जो कोहीबाट आफ्नो काम निक्लन सफल हुन्छन् र आफैं आफ्नो काममा समर्पित हुन्छन्। यी कारणहरूले गर्दा, यी मानिसहरूले छिटो प्रगति पनि गर्छन्।

कुम्भ राशि 

यस राशिका मानिसमा शनिको प्रभाव हुन्छ। कुम्भ राशिका मानिस धेरै मेहनती, इमानदार र भावुक हुन्छन्। उनीहरुले जे कार्य गर्ने निर्णय गर्छन्, त्यो कार्य पूरा गरेर मात्र राहतको सास फेर्छन्। यी व्यक्तिहरूले आफ्नो योग्यताका कारण धेरै सम्मान र सफलता पनि पाउँछन्।

प्रकाशित : सोमबार, जेठ ३०, २०७९१७:१९

भोलिबाट सुरु हुनेछ ८ महिनासम्म यी राशिका सुखका दिन, हुनेछ धनको वर्षा !