कसैले एउटा रौँ पनि हल्लाउँन सक्दैनन् यी ३ राशिका महिलाको, हुन्छन् निकै बहादुर !

ज्योतिष शास्त्रमा १२ सबै राशिका मानिसहरुको स्वभाव र व्यवहार र उनीहरुको व्यक्तित्वका विशेषताहरु उल्लेख गरिएको छ। मानिसको व्यक्तित्व र भाग्य उसको भविष्यलाई आकार दिन महत्त्वपूर्ण भूमिका खेल्छन्। कोही मानिसहरु हरेक चुनौतिको अगाडि निडर भएर उभिन्छन् भने कोही मानिसहरु चुनौतिहरुबाट भाग्नु नै राम्रो मान्छन। आज हामी ज्योतिष शास्त्रमा उल्लेख गरिएका यस्ता ३ राशिका बारेमा कुरा गर्दैछौँ, जसका केटीहरु निकै बहादुर र निडर हुन्छन्। यी केटीहरू कठिन परिस्थितिमा पनि घुँडा टेक्दैनन्।

मेष राशि 

मेष राशिको स्वामी मंगल ग्रह हो। मंगल ग्रहको प्रभावका कारण यस राशिका युवतीहरु धेरै बहादुर र साहसी हुन्छन्। उनीहरु जोखिम मोल्न डराउदैनन्। न त कुनै चुनौतीसँग डराउँछन्। उनीहरूले जुन लक्ष्य राख्छन्, त्यो पूरा गरेरै छाड्छन्। उनीहरु निकै स्वाभिमानी पनि हुन्छन्। प्रतिकूल परिस्थितिमा पनि शान्त भएर समस्या समाधान गर्छन्। उनीहरुको सेन्स अफ ह्युमर पनि उत्कृष्ट हुन्छ।

सिंह राशि 

सिंह राशिको स्वामी सूर्य हो। सूर्यको प्रभावका कारण यस राशिका युवतीहरू धेरै आत्मविश्वासी र असल लिडर हुन्छन्। यी केटीहरू जोखिम लिन डराउँदैनन्। सिंह राशिका केटीहरू धेरै मेहनती हुन्छन् र हरेक काम समयमै पूरा गर्छन्। यी केटीहरूलाई चाँडै रिस उठ्छ तर चाँडै शान्त पनि हुन्छन्। यी केटीहरूमा अचम्मको नेतृत्व कौशल हुन्छ, तिनीहरूले हरेक चुनौतीलाई साहसपूर्वक सामना गर्छन्। त्यसैले उनीहरु आफ्नो करियरमा छिट्टै सफल हुन्छन्।

वृश्चिक राशि 

वृश्चिक राशिका युवतीहरु धेरै बहादुर र साहसी हुन्छन्। उनीहरु सानै उमेरमा लक्ष्यहरू सेट गर्छन् र तिनीहरूलाई पूरा गर्न हरेक चुनौतीसँग संघर्ष गर्छन्। यसबाहेक, तिनीहरू जोखिम लिन पछि हट्दैनन्। तर, उनीहरु आफ्नो काममा कसैको हस्तक्षेप रुचाउँदैनन्। उनीहरु स्वतन्त्र जीवन बिताउन मन पराउँछन्।

प्रकाशित : बिहिबार, असार ०२, २०७९१४:३३

रातो ग्रह मंगल प्रवेश गर्दै आफ्नै राशिमा, यी ४ राशिलाई हुनेछ अत्यन्त शुभ !