अबको २४ घण्टामा भाग्य पल्टिनेछ यी ३ राशिको, महालक्ष्मी योग हुनेछ अत्यन्त शुभ !

ज्योतिष शास्त्रका अनुसार १८ जुनमा शुक्र ग्रह आफ्नै राशि वृषमा गोचर हुँदैछ। बुध ग्रह पहिले देखि नै वृष राशिमा उपस्थित छ। यस्तो अवस्थामा १८ जुनदेखि वृष राशिमा बुध र शुक्र ग्रहको मिलन हुनेछ। धन-विलासको कारक शुक्र ग्रह र बुद्धि-धन-व्यवसायको कारक ग्रह बुधको यो मिलन कतिपयको लागि निकै शुभ साबित हुने देखिन्छ। यी ग्रहहरुको मिलनले महालक्ष्मी योग बन्नेछ। ज्योतिष शास्त्रमा महालक्ष्मी योगलाई निकै शुभ मानिन्छ। यो योगको प्रभाव सबै राशिमा पर्ने भएपनि ३ राशिका मानिसहरुका लागि यो योग विशेष शुभ रहनेछ। आउनुहोस् यो महालक्ष्मी योग कुन राशिका मानिसहरूलाई फाइदाजनक हुनेछ भनेर जान्नुहोस्।

मेष राशि 

मेष राशिका लागि महालक्ष्मी योग वरदान साबित हुनेछ। आकस्मिक आर्थिक लाभ हुनेछ। जोखिमपूर्ण लगानीले पनि यस अवधिमा लाभ दिन सक्छ। जागिर खानेहरुको आम्दानी बढ्न सक्छ। व्यापारीलाई पनि धेरै फाइदा हुनेछ। समग्रमा यो समय आर्थिक स्थितिमा सुधार आउनेछ।

कर्कट राशि 

कर्कट राशिका लागि महालक्ष्मी योगले शुभ फल दिनेछ। केही व्यक्तिले काम परिवर्तन गर्न सक्छन्। आम्दानी बढ्ने प्रबल सम्भावना छ। ठूलो सम्झौता हुन सक्छ वा ठूलो अर्डर प्राप्त हुन सक्छ। माता लक्ष्मीको कृपाले यस समयले धेरै धन-सम्पत्ति दिनेछ, जुन भविष्यमा पनि उपयोगी हुनेछ।

सिंह राशि 

बुध-शुक्रको संयोगले बन्ने महालक्ष्मी योगले सिंह राशिका व्यक्तिहरूलाई विशेष लाभ दिनेछ। कार्यस्थलमा लाभ मिल्नेछ। तलब वृद्धि पाउन सकिन्छ। शुभ समाचार प्राप्त हुने सम्भावना छ। व्यवसायीको नाफा बढ्नेछ। धन लाभको यो स्थितिले तपाईंको उत्साह बढ्नेछ। समग्रमा यो समय राम्रो रहनेछ।

प्रकाशित : शुक्रबार, असार ०३, २०७९१२:३२

४४ दिन यी राशिमा रहनेछ मंगल ग्रहको कृपा, हुनेछ धनको वर्षा !