असार महिनाको पहिलो शनिबार भोलि रहेको छ। यस महिनाको पहिलो शनिबारले धेरै राशिका लागि शुभ संयोग ल्याउने छ। शनिबारलाई शनिदेवको लागि समर्पित मानिन्छ। शनिबारको दिन शनिदेवको पूजा गर्नाले शुभ फल प्राप्त हुने जनविश्वास रहेको छ। शनिदेवलाई न्यायको देवता मानिन्छ। शनिदेवले हरेक व्यक्तिलाई उसको कर्म अनुसार फल दिन्छन्। शनिदेवले राम्रो कर्म गर्ने र असल काम गर्नेलाई दण्ड दिन्छन्।

यी राशिका लागि शनिबारको दिन रहनेछ शुभ-
कर्कट र वृश्चिक राशिमा अहिले शनि ढैय्या चलिरहेको छ। मीन, मकर र कुम्भ राशिमा शनि साढे सातीबाट पीडित छन्। शनिदोषबाट पीडित व्यक्तिले आर्थिक, शारीरिक तथा मानसिक समस्याको सामना गर्नुपर्ने हुन्छ। तर भोलिको दिन केही उपाय गरेमा यी राशिले शुभ फल प्राप्त गर्नेछन्। ज्योतिषीहरुका अनुसार शनिबार शनिदोषको प्रभाव कम गर्ने विशेष दिन हो। शनिदेवलाई शनिबार निकै प्रिय छ। यस्तो अवस्थामा शनिबार शनिदेवको पूजा गर्नाले शनिदेव प्रसन्न हुन्छन्।

शनिदेवलाई प्रसन्न गर्ने उपाय-
ज्योतिषीहरुका अनुसार हरेक दिन पिपलको फेदमा जल चढाउनुपर्छ। बेलुकी पिपलको रुखको मुनी तोरीको तेलको दियो बाल्दा शनिदोषबाट मुक्ति मिल्छ। शनि साढे सातीको समयमा चराको सेवा गर्ने व्यक्तिमा शनिदेवको अशुभ प्रभाव कम हुने जनविश्वास रहेको छ। शनिदेवको साढे साती र ढैय्यामा असहायलाई सहयोग गर्दा पनि लाभ मिल्ने बताइएको छ। शनिबारको दिन काँसाको भाँडोमा तोरीको तेल र सिक्का राखेर त्यसमा आफ्नो प्रतिबिम्ब देखेर कुनै गरिब वा दरिद्र व्यक्तिलाई दान गर्नुहोस् वा कचौरा लिएर तेल लिएर शनि मन्दिरमा जानुहोस्।

