काठमाडौं । जेठको अन्तिम साता बसेको एकीकृत नेकपा समाजवादीको बैठकले सरकारमा सहभागि मन्त्रीको सबै टिम परिवर्तन गरी नयाँं पठाउने निर्णय गर्यो । पछि थप गरिएका कानुन मन्त्री गोविन्द वन्दी बाहेक सबैको मन्त्री पद खतराको सूचीमा पर्यो । सरकारमा सहभागि केही मन्त्री भने पार्टीको सो निर्णयप्रति असन्तुष्ट भए । उनीहरुले सबैतिर असन्तुष्टि प्रकट गर्दै हिड्न थाले पार्टीले शुरुमा निर्णय गर्दा निर्णय हाई हाई भन्दै हिडेका उनीहरु यसबेला पार्टीलाई नै चुनाती दिदै शक्तिकेन्द्र धाउनमा ब्यस्त छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
बिशेषगरी संस्कृति पर्याटन तथा नागरिक उड्य्यन मन्त्री प्रेम आले , स्वस्थ्य मन्त्री विरोध खतिवडा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ सो निर्णय भएको दिन देखि नै मन्त्री थमौतीमा दौडधुपमा लागे । तर यसको नेतृत्व भने मन्त्री प्रेम आलेले गरे । भित्रभित्रै सरकारबाट हट्ने कुरामा असन्तुष्टि भए पनि शहरी विकास मन्त्री रामकुमारी झांक्रि भने बाहिर प्रकट हुन सकिनन् ।
गएको सोमबार भएको सो पार्टी निर्णय एकीककृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री देउवालाई यस सम्बन्धी औपचारिक जानकारी गराउन नपाई मन्त्री थमौती गर्ने मन्त्रीहरूको समूह बालुवाटार पुग्यो ।
एकीकृत समाजवादीकै तीन मन्त्री भने अहिले नै सरकारबाट बिदा हुने पक्षमा देखिँदैनन् । स्वास्थ्य मन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठले आफूहरूले राम्रो काम गरेकाले अहिले नै पदबाट नहटाउन पार्टी अध्यक्ष माधव नेपाललगायत पार्टीका नेताहरुलार्ई दबाबसमेत दिएका छन् । तर पार्टीको निर्णय पछि नेपालले सबै मन्त्रीलाई ६ महिनाको लागि सरकारमा पठाएकाले निर्णय बमाजिम अरूलाई अवसर दिन समेत उनीहरुलाई आग्रह गरेका छन् ।
सरकारबाट हटाइन लागेका एकीकृत समाजावदीका मन्त्रीहरूले यसअघि बजेटको बहाना बनाएर मन्त्रिमण्डल हेरफेर रोक्नका लागि सक्दो चलखेल गरेको बताइएको छ । उनीहरुले बजेट पास नभई सरकारबाट हटाउनु न्यायसम्मत नहुने भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष गुनासो गरेका थिए ।
उनीहरुले अहिले नै सरकारबाट फिर्ता गरेको खण्डमा पार्टीमा बिद्रोह गर्नेसम्म्मको धम्की दिएको एक नेताले बताए । यद्यपी नेपालको संविधानले एउटै पार्टी दुईपटक बिभाजन हुने कल्पना गरेको छैन् । बिहीबार सरकारले संसदमा पेश गरेको बजेटसमेत पारित भएको छ । यस अवधीका लागि थमौती गरीपाँउ भनी गरेको अनुनय विनयको अवधी बिहीबार समाप्त भएको छ ।यो अवधी सकिएपछि बिहीबार बेलुका नै मन्त्री प्रेम आलेको नेतृत्वमा एकीकृत समाजावदीका मन्त्रीहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनीहरुले आफुलाई पार्टी अध्यक्ष माधव नेपाल र उनको नेतृत्वको पार्टीले अन्याय गरेको भन्दै न्याय पाउन रोईकराई गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्री देउवासंग ती मन्त्रीहरूले अरु ६ महिना काम गर्ने मौका दिन र यसका लागि अध्यक्ष माधव नेपालाई सम्झाई दिन समेत हार गुहार गरेका थिए । उनीहरूले आफुहरुलाई सरकारबाट हटाएमा प्रधानमन्त्री देउवा स्वयं संकटमा पर्ने भन्दै उल्टै सम्झाएका थिए । बलुवाटार स्रोतका अनुसार देउवालाई आफुहरूलाई यसरी हटाएमा स्वंय सरकारको नेतृत्व गरिरहेको कांग्रेसमा समेत यसले मन्त्री फेर्न दवाव पर्ने र सबै तिरबाट प्रधानमन्त्रीलाई अफ्ठ्यारो हुने चेतावनी दिएका थिए ।
स्रोतका अनुसार प्रधामनन्त्री देउवाले यतिकै अवस्थामा आफु सरकारमा परिवर्तन गर्ने पक्षमा नभएकाले यथावत काम गरिरहन मन्त्रीहरूलाई निर्देशन दिएका थिए । उनीे यो निर्देशन दिए लगतै कन्चनपुरको कार्यक्रममा सहभागि छन् । बालुवाटार स्रोतका अनुसार शुक्रबार साँझ मात्र उनी राजधानी फर्केको बताइएको छ ।
एकीकृत समाजावदीको असन्तुष्ट मन्त्रीहरूको टोेली पार्टी मुख्यालय मीन भवनमा कम समय मात्र देखा पर्न थालेका छन् । उनीहरु मन्त्रालयमासमेत फेला पर्दैनन् । स्रोतका अनुसार उनीहरू मन्त्री थमौती गर्न बिभिन्न केन्द्र धाउन थालेकाले यस्तो भएको बताइएको छ । उनीहरू प्रधानमन्त्री देउवाको आश्वासन पछि माओवादीे केन्द्रका अध्यक्ष प्रचण्ड समक्ष समेत पुगेका छन् । आफूसमेत पार्टी भित्र मन्त्री फेर्न दवाब खेपी रहेका प्रचण्डले ‘यस बिषयमाम सक्दो सल्लह गरौला, माधवजीलाई भनौला’ भन्दै फर्काईदिएको स्रोतले बतायो ।
यो साता बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा मन्त्री फेरबदलका विषयमा छलफल भएको थियो । बैठकमा मन्त्री हेरफेरका विषयमाल निर्णय भएको थियो । अहिले एकीकृत समाजवादीबाट एक राज्यमन्त्री सहमति ६ मन्त्री सरकारमा सहभागी छन् । विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, प्रेम आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, रामकुमारी झाँक्री शहरी विकास मन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र गोविन्दप्रसाद शर्मा (गोविन्द बन्दी) कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री छन् ।

