सावधान: बच्चाहरुमा हुनसक्छ यस्तो गम्भिर समस्या, नगर्नुहोस् बेवास्ता !

एजेन्सी – अटिज्मको समस्याबाट ग्रसित बच्चाहरुमा समयको साथ-साथ फिजियोथेरापीले धरै राम्रो परिणाम दिन्छ । समस्या यो हो कि अधिकाम्स अभिभावक परिस्थितिमा सम्झौता गरेर फिजियोथेरापी नियमित गर्दैनन् जसरी नियमित रुपमा गर्न पर्ने हो।

अटिज्म एक प्रकारको न्यूरोलोजिकल र विकासात्मक प्रक्रिया हो । यसलाई साधारण शब्दमा भन्नु पर्दा बच्चाको बाकि शरीरको भन्दा दिमाखको प्रतिक्रिया कमजोर हुन्छ ।यस अवस्थाम बचाले कुन अंग कुन स्थानमा प्रयोग गर्ने भनेर राम्रो सँग दिमाखले कम गर्न सक्दैन । यस्तो समस्या बच्चाहरुमा सुरुवातबाट नै हुनसक्छ। यसको कुनै ठोस उपचार छैन। तर अनुसन्धानले प्रमाणित गरेको छ कि फिजियोथेरापी, बिशेष शिक्षा र उपचारले अटिज्म भएका बालबालिकाहरुको स्थितिमा ठूलो प्रभाव पार्छ। यस उपचारबाट धरै बच्चाहरुमा ६० प्रतिशत भन्दा बढी निको भएको पाइएको छ । जान्नुहोस् कसरी फिजियोथेरापी गरेर बच्चामा परिवर्तन ल्याउन सकिन्छ।
फिजियोथेरापी कसरी काम गर्दछ?

अटिज्म वास्तवमा धेरै समस्याहरुको एक समूह हो। यसमा मांसपेशिहरु, कुराकानी, सामाजिक अन्तरक्रिया, भावनात्मक संलग्नता, मोटर कौशल (जस्तै हातमा एक पेन्सिल समातेर), हिड्ने, बस्ने आदि जस्ता गतिविधिहरुमा कठिनाई छ। बच्चा जन्मेको केहि समयमा नै सामान्य चेकअपमा नै थाहापाउन सकिन्छ।
व्यायाम आधारित थेरापी: यसमा बच्चाहरुको उमेर अनुसार विभिन्न गतिविधिहरु गरिन्छ। जस्तै जम्पिंग, ताली बजाउने, डोरीमा उफ्रने, बल समात्न वा फ्याक्ने आदि।
मोटर कौशल बलियो बनाउन: पेन्सिल समात्ने, चित्र बनाउने, चित्रमा कलर लगाउने र बक्स आदि जम्म गर्न ।
बोल्न मद्दत गर्न थेरापी: शब्दहरु जोडले बोलेरे उनीहरुलाई सुनाउने जसले सुनेर बोल्न मद्दत।
हाइड्रोथेरापी: स्विमिंग तथा पनि सम्बन्धि थेरापी तर यसमा बिशेष ध्यान दिनुपर्ने र यस बिषयमा विज्ञहरुको राय फरक छ।

प्रकाशित : आइतबार, असार ०५, २०७९२१:२७