बिषालु च्याउको कसरी गर्ने त पहिचान , हेर्नुहोस !

च्याउको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।  आजभोली च्याउलाई तरकारीका अलावा फास्ट फुडहरु जस्तै पिज्जा , बर्गर , नुडल्स आदिमा समेत प्रयोग गर्ने गरिन्छ। च्याउमा पर्याप्त मात्रामा पौष्टिक तत्व हुने भएकाले चिकत्सकहरुले  समेत च्याउ खाने सल्लाह दिने गरेका छन । तर थाहा छ गलत प्रजातिको च्याउको सेवनले ज्यानै समेत जान सक्ने सम्भावना रहन्छ।  हरेक बर्ष बिषालु च्याउको सेवनबाट केहि मानिसहरुले अकालमा ज्यान गुमाउने गरेको घटना पनि हामीले यदाकदा सुन्दै आइरहेका छौँ।

पहेंलो र कालो धब्बा भएको च्याउ स्वास्थ्यका लागि हानीकारक रहेको छ।  त्यसैले आउनुहोस च्याउको छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु यस्ता छन।

पहेंलो र कालो धब्बा भएको च्याउ

बजारमा खुलेआम रुपमा बिक्रि वितरण हुने च्याउ कुनै समय बासी हुने गर्छ।  ब्यापारीको लागि उचित संसाधन नहुनाले ३-४ दिन सम्म स्टोर गरेर राख्नाले च्याउमा कालो पहेलो धब्बा बस्ने गर्छ। साथै कुनै समय च्याउमा फंगस लाग्नाले ब्यापारीले धोएर बेच्ने गर्छन तर यस्तो खालको च्याउको सेवन गर्नाले फुड पोइजनिंग हुने सम्भावना रहन्छ।

बिषालु च्याउको पहिचान कसरी गर्ने

नेपालको  भौगोलिक विविधताका कारण च्याउको पहिचान गर्न नसक्दा कतिपय मानिसले अकालमा ज्यान गुमाउने गरेका छन। त्यसैले जानेर बुझेर मात्र च्याउको सेवन गर्नु आवश्यक छ।  कालो धब्बा गरेको र जंगलमा पाइने जंगली च्याउको सेवन सकेसम्म नगर्दा नै राम्रो हुनेछ।

च्याउको प्रयोग गर्नु भन्दा अगाडी यसको माथिल्लो भागको परिक्षण गर्नु आवश्यक छ। यसको छातामा भएको ससाना दाग धब्बा खतराको संकेत हुन सक्छ त्यसैले सावधान रहनु होला।

यदि च्याउबाट नराम्रो गन्ध आइरहेको छ भने यसको प्रयोग नगर्दा नै राम्रो हुन्छ।

यदि च्याउ वास्तविक आकार भन्दा कम आकारको छ भने यसको सेवन नगर्नु नै लाभदायी रहने छ।

बिषालु च्याउ खाए पश्चात देखिने शारीरिक संकेतहरु यस्ता छन ;

वास्तविक आकारभन्दा कम आकारको र केहि समय अगाडिको च्याउ खानाले फुड पोजनिंग हुने खतरा बढी हुन्छ। फुड पोइजनिङ्ग भए पश्चात वान्ता आउने , पेट दुख्ने , झाडापखाला लाग्ने आदि जस्ता समस्या देखिन्छन। यसका अलावा बिषालु एवम गलत प्रजातिको च्याउ खानाले उल्टी हुने , चक्कर आउने , टाउको दुख्ने आदि जस्ता लक्षण देखिन्छन।  यी लक्षण देखिने बित्तिकै तुरुन्तै डाक्टरको उचित सल्लाह लिनु आवश्यक छ किनकि कुनै पनि समय सामान्य भनिएको लक्षण पनि खतराजनक हुन सक्छ।

 

प्रकाशित : सोमबार, जेठ १३, २०७६०९:५५

टीबी के हो ?लक्षणहरु के के छन् र यसबाट कसरी बच्न सकिन्छ त ? जानिराखौं !