महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैया तोकेको छ र तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ३ सय रुपैया तोकेको छ। मंगलबार (हिजो) छापावाला सुन प्रतितोला ७६ हजारमा खरिद बिक्री भएको थियो ।
निरन्तर उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ७६ हजार २ सय पुगेको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयामा खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ । पछिल्लो समय अमेरिका र इरानमा देखिएको तनाव र चीन–अमेरिका व्यापार युद्धका कारण सुनको मूल्यमा उतार-चढाव देखिदै आएको छ ।