सुनको सिक्री लुट्दै गरेको अवस्थामा पक्राउ

काठमाडौं । साढे १ तोलाको सुनको सिक्री लुट्दै गरेको अवस्थामा २ जनालाई महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-७ घर भएका २७ वर्षीय मन वहादुर घर्ती र काठमाडौं महानगरपालिका-२६ वालाजु बस्ने मकवानपुर मनहरी गाउँपालिका-३ घर भएका ३१ वर्षीय सुविना राई रहेका छन् ।

काठमाडौं महानगरपालिका-२६ नयाँ वसपार्कस्थित सडकमा हिँडिरहेको अवस्थामा बाग्लुङ वरेङ गाउँपालिका-२ घर भएका एक पुरुषलाई उनीहरुले लछारपछार गरी घाँटीमा लगाएको उक्त सुनको सिक्री जबरजस्ती तानेर लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : बिहिबार, माघ १६, २०७६१२:०६

कालीगण्डकी नदीमा विश्वकै अग्लो बञ्जीजम्प, परीक्षण सफल !