आज माघ १७ गते शुक्रबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !

मेष – चु,चे,चो,ला,लि,लु,ले,लो,अ  (Aries )

 तपाईको दिन अस्वस्थता र व्यग्रतामा बित्नेछ । कसैको पैसा लेनदेन नगर्नुहोला । निर्णयशक्तिको अभावमा मनमा दुविधा बढ्न सक्छ । अधिक लाभ लिने लालचमा हानि होला ध्यान राख्नुहोला  ।

वृष – इ,उ,ए ,ओ,वा,वि,वु,वे,वो (Taurus)

तपाईको  दिन शुभ फलदायी रहेको छ  ।  परिवारजन तथा मित्रसँग सुखद क्षणको आनन्द प्राप्त गर्न सक्नुहुनेछ । छोटो यात्रा हुन् सक्छ ।

मिथुन – का,कि,कु,घ,ङ,छ,के,को,ह (Gemini )

 

तपाईको दिन शुभ तथा अनुकूलता रहनेछ । कार्यालयमा  सहकर्मचारी तथा उच्च अधिकारीसँग सम्बन्ध रहनेछ । सामाजिक दृष्टिले  मान-सम्मान वृद्धि हुनेछ । पदोन्नति हुने योग रहेको छ । स्वास्थ्य राम्रो रहनेछ । सांसारिक जीवन आनन्दमय  रहनेछ।

कर्कट – हि,हु,हे,हो ,डा,डि,डु,डे,डो (Cancer)रहनेछ 

धार्मिक कार्य, पूजा- पाठ आदिमा व्यस्त रहनुहुनेछ । धार्मिक स्थानको भेटले आनन्द प्राप्त हुनेछ । परिवारसँग आनन्दपुर्वक समय बिताउनुहुनेछ । स्वास्थ्य राम्रो रहनेछ । मनमा चिन्ता रहनेछ । आकस्मिक धनलाभ हुन् सक्छ ।

सिंह – म,मि,मु,मे,मो,ट,टि,टु,टे  (Leo )

 स्वास्थ्य प्रति ध्यान दिनुहोला  । स्वास्थ्य  बिग्रनाले आकस्मिक खर्च हुनेछ । परिवारसँग  संयमपूर्वक व्यवहार गर्नुहोला । अनैतिक कार्यबाट टाढा रहनुहोला । ईश्वर-स्मरण तथा आध्यात्मिकताले  तपाईलाई शान्ति प्रदान गर्नेछ ।

कन्या – टो  ,प,पी,पु,ष,ण,ठ,पे,पो  (Virgo)

सामाजिक तथा अन्य क्षेत्रमा प्रसिद्दी वा सम्मान प्राप्त हुनेछ । सुन्दर लुगा किन्नुहुनेछ ।साथीसँग सम्बन्ध राम्रो रहनेछ । श्रीमान श्रीमतीबीच  झगडा होला ।

तुला – रा,री,रु,रे,रो,त,ति,तु,ते  (Libra)

 घरमा  सुख- शान्तिको वातावरण बनिरहनेछ । कार्यालयम सहकर्मीसँग सहकारपुर्वक कार्य गर्नुहुनेछ । कार्यमा प्रसिद्दी प्राप्त हुनेछ ।आमा-बुबाको तर्फबाट समाचार मिल्नेछ ।

वृश्चिक – तो,ना,नि ,नु,ने,नो,य,यी,यु  (Scorpio)

तपाईको दिन  मध्यम फलदायी रहनेछ। विधार्थीले  अभ्यासमा सफलता पाउनेछन् । नयाँ कार्यको प्रारम्भ नगर्नुहोला । आर्थिक योजनाको लागि अनुकुल दिन रहेको छ  ।

धनु – ये,यो,भ,भि,भु,ध,फ,ढ,भे  (Sagittarius)

तपाईको मनमा उदासीनता छाई रहनेछ। शरीरमा उर्जा तथा मनमा प्रफुल्लिता रहनेछ । परिवारसँग तनावको प्रसंग बानाले घरको वातावरण प्रदुषित रहनेछ ।  धनहानिको  योग रहेको छ।

मकर – (भो,ज,जी,जु,जे,जो,ख,खि,खु, खे,खो,ग,गी  (Capricorn )

तपाईको दिनको सुरुवात नयाँ कार्यको प्रारम्भले हुनेछ । नोकरी , व्यपार तथा दैनिक हरेक कार्यमा अनुकुल परिस्थिति  रहनाले मनमा प्रसन्नता बनिरहनेछ । आर्थिक लाभ हुने योग रहेको छ । विद्यार्थीले आफ्नो अभ्यास सरलतापुर्वक गर्नेछन् ।

कुम्भ – गु,गे,गो,स,सी,सु,से,सो,द  ( Aquarius)

अधिक विवाद नगर्नुहोला । धार्मिक कार्यमा खर्च हुनेछ । पारिवारिक वातावरण बिग्रिन सक्ला । कार्यमा असफलताले  मनमा असन्तोष तथा निराशा जगाउनेछ । त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला ।

मीन – दी,दु,थ,झ,ञ,दे,दो,च,ची  (Pisces )

तपाईको  दिन शुभ फलदायी रहेको छ । उत्साह तथा स्वस्थता बनिरहनेछ । नयाँ कार्यको प्रारम्भको लागु शुभ दिन रहेको छ । परिवारको  सदस्य तथा मित्रसँग भोजन हुने अवसर प्राप्त हुनेछ । धनलाभ  हुनेछ, अधिक खर्च नहोस यस कुराको ध्यान राख्नुहोला । धार्मिक कार्य तथा यात्राको योग रहेको छ  र  कार्य-सफलता मिल्नेछ ।
प्रकाशित : शुक्रबार, माघ १७, २०७६०२:५२

आज माघ १८ गते शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् दैनिक राशिफल !