जिल्ला अदालतले नौ वर्षीया छोरीलाई जब’र्जस्ती कर’णी गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ । अर्घाखाँची जिल्ला शीतगङ्गा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई ज’बर्जस्ती तथा हाडनाता क’रणी गरेको अभियोगमा सो फैसला गरेको हो ।
जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त श्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए ।
गत साउन २ गते जब’र्जस्ती गरेको अभियोगमा मुद्दा दर्ता भएको थियो । १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबर्जस्ती क’रणी गरेमा कानूनमा अनुसार जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए।
त्यस्तै अदालतले सन्धिखर्कको डिभर्नामा पाँच वर्षीया नातिनीलाई क’रणी गर्ने हजुरबुबालाई २० वर्ष कैद र रु ४० हजार जरिवानाको फैसला गरेको उहाँले जानकारी दिए ।
नस्वास्थ्य प्रयोगशाला कार्यालय स्थापना
प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले बुटवलको रामनगरमा ‘प्रदेश जनस्वास्थ्य प्रयोगशाला’स्थापना गरेको छ ।
सामाजिक विकासमन्त्री सुदर्शन बरालले बिहीबार शुभारम्भ गर्दै मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । मन्त्रालयका सचिव डा गोपीकृष्ण खनालले तीन तहका सरकार मिलेर स्वास्थ्य सेवालाई एकीकृत ढङ्गले लैजान आवश्यक रहेको बताउनुभयो । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रदेशस्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको जानकारी दिनुभयो ।
प्रयोगशाला कार्यालयका निमित्त प्रमुख डा राजेन्द्र गिरीले कार्यालयमा अहिले १२ जनाको दरबन्दी रहेको जानकारी दिँदै प्रयोगशालाको लागि नमूना लिन शुरु गरिने जानकारी दिनुभयो ।