काठमाडौँ – नेपालको पुर्वी भू-भाग नजिक रहेको निम्न चापीय प्रणालीका कारण अहिले काठमाडौँ उपत्यका सहित देशको मध्यभूभाग तथा पश्चिमी भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार शको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का पानी पर्न सक्ने महाशाखाको अनुमान छ।
यधपी शुक्रबार राति भने देशको पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहन सक्नेछ।
शनिबार पुन मौसममा खराबी देखिन सक्ने महाशाखाले जनाएको छ। शनिबार देशभर आशिंक देखि सामान्य बदली रहने र देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहने महाशाखाको अनुमान छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुन सक्नेछ।
मौसममा आएको खराबी आइतबारबाट हटेर जाने मौसमविद्हरुले बताएका छन्। मौसमविद्हरुका अनुसार आइतबार पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहेपनि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिनको मौसम पूर्वानुमान निम्न छ।
मौसम विश्लेषण) Meteorological Analysis):-
अहिले नेपालको पुर्वी भू-भाग नजिक निम्न चापीय प्रणाली रहेको छ ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशको मध्य तथा पुर्वी पहाडी भू-भागमा आशिंक देखि सामान्य बदली रही मध्य तथा पुर्वी तराई भू-भागमा हुस्सु/कुहिरो लागिरहेको छ। पश्चिमी भू-भागको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागिरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १७ गते (शुक्रबार)
दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ । पुर्वी तथा मध्य पहाडी भू-भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ।
रातीः देशको पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसोः : देशभर आशिंक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
रातीः उच्च पहाडी तथा हिमाली भू-भागमा आंसिक देखि सामान्य बदली रहि हल्का हिमपातको सम्भावना रहेको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
माघ १९ गते (आइतबार)
दिउँसोः पुर्वी तथा मध्य पहाडी भू-भागमा आंसिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
तराईका केहि स्थानहरुमा हुस्सु/कुहिरोका कारण घाम राम्रो सँग नलाग्ने भएकोले चिसो बाट बच्ने उपाय अपनाउनुहुन अनुरोध छ।