आज शनिबार काठमाडौंका यी स्थानमा दिनभर विद्युत कटौती ! कहाँ-कहाँ? [सूचना सहित]

काठमाडौँ – शनिबार बिहान ७ बजे देखि ४ बजे सम्म काठमाडौँका केहि क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने भएको छ।

चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्न लागेको हुँदा नेपाल वन निगम लिमिटेडको अनुरोधमा शनिबार नेपाल विद्युत प्राधिकरणले विद्युत अवरूद्ध गर्ने भएको हो।

शनिबार बिहान ७ बजे पछाडी महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बसुन्धारा, सामाखुसी चोक, रानीबारी, गोंगबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल लगायत क्षेत्रमा कटौती हुनेछ।

प्राधिकरणले यस बारे शुक्रबार एक सूचना सार्वजनिक गर्दै शनिबार हुन लागेको विद्युत कटौती बारे जानकारी गराएको छ। रुख कटान कार्य निर्धारित समय भन्दा अगावै सम्पन्न भए ४ बजे अगाडी नै विद्युत लाइन सूचारु हुने पनि प्राधिकरणले जनाएको छ।

“महाराजग‌ंज वितरण केन्द्रकाे धापासी फिडरबाट वितरीत लाइन चक्रपथ विस्तार कार्यकाे लागी नेपाल वन निगम लिमिटेडले रुख कटान गर्नकाे लागि मिति २०७६।१०।१८ गते विहान ७ बजेबाट ४ बजेसम्म सट डाउन हुने हुँदा उक्त फिडर अन्तर्गत वसुन्धारा सामाखुशी चाेक रानीबारी गाे‌ंगबु चाेक टोखा राेड हुँदै ग्राण्डी हस्पीटल लगायतका क्षेत्रहरुका ग्राहकवर्गमा पर्न गएकाे असुविधा प्रति क्षमाप्रार्थी छाै‌ र कार्य निर्धारित समय अगावै सम्पन्न भएमा साे समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत जानकारीकाे लागी अनुराेध छ ।”,प्राधिकरणले सूचना जारी गर्दै भनेको छ।

प्रकाशित : शुक्रबार, माघ १७, २०७६१०:३८

सशस्त्र प्रहरीकै जग्गा अतिक्रमणको चपेटामा…