टीबी के हो ?लक्षणहरु के के छन् र यसबाट कसरी बच्न सकिन्छ त ? जानिराखौं !

टीबी अर्थात् क्षयरोग एक संक्रामक रोग हो।  यो ट्यूबरक्‍युलोसिस नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ। सामान्यतया यसको सबैभन्दा बढी प्रभाव फोक्सोमा हुने गर्दछ।तथापी ब्रेन , मुख , लिभर , किड्नी , घाँटी आदि अन्य विविध शरीरका अंगहरुमा समेत टीबी हुने सम्भावना रहन्छ । तर अधिकांश मानिसलाईको टीबी लाग्ने कारण भनेको फोक्सो हुने गर्दछ।  जुन हावाको माध्यामबाट एक देखि अर्को व्यक्तिमा सर्ने गर्दछ। यो शरीरको एक ठाउमा मात्र नभई अन्य विभिन्न ठाउँमा फैलिन सक्ने अधिक सम्भावना हुन्छ।  बेलैमा उचित ध्यान नदिनाले टीबीले ज्यान नै समेत लिन सक्छ।

टीबीको किटाणुले शरीरमा आक्रमण गरिसके पश्चात यसको उपचार गर्न नमिल्ने र औषधिको प्रयोगले पनि यो रोग निको नहुने भएकाले  बेला बेलामा स्वास्थ्य सम्बन्धि परिक्षण गराई राख्नु आवश्यक छ।

टीबी रोगका लक्षणहरु :

खोकी लाग्नु 

टीबीले सबैभन्दा बढी फोक्सोमा प्रभाव पर्ने भएकाले सुरुवाती चरणमा लगातार रुपमा सुख्खा खोकी लाग्ने गर्दछ , त्यस पश्चात बिस्तारै खोकीको साथ साथ खकारमा रगत देखिन थाल्दछ।  यदि लगातार रुपमा धेरै दिनसम्म यस्तो लक्षण देखिएमा समयमा नै टीबी को जाँच गराई हाल्नु आवश्यक हुन्छ।

अत्याधिक पसीना आउनु 

अत्यधिक मात्रामा पसिना आउनु पनि टीबी को एक लक्षण हो।  चाहे जस्तो सुकै परिस्थिति किन नहोस अत्यधिक जाडोको समय तथा राति सुतेको समयमा पनि पसिना आउनुलाई घातक मानिन्छ।

ज्वरो आउनु

जो व्यक्तिलाई टीबी भएको छ त्यस्ता  व्यक्तिहरुमा लगातार रुपमा ज्वरो आउने गर्दछ।  सुरुको चरणमा हल्का मात्रा ज्वरो आएता पनि यसको संक्रमण फैलिदै गए पश्चात अत्यधिक मात्रामा ज्वरो आइरहने समस्या देखा पर्दछ।

शारीरिक थकानको महसुश हुनु

टीबी प्रभावित व्यक्तिहरुमा रोग संग लड्ने क्षमता कम हुनाले शरीरमा शक्ति कम ह्हुना पुगी अधिक मात्रामा शारीरिक थकानको समेत महसुश हुन थाल्दछ।

तौल घट्नु

शरीरमा टीबीको किटाणुले प्रवेश गरे पश्चात खानामा रुचि नहुनाका कारणले गर्दा तौल घट्न सक्ने सम्भावना रहन्छ।

स्वास प्रस्वासमा समस्या

टीबीको कारणले गर्दा लगातार रुपमा खोकी लाग्ने र जसको कारणले गर्दा स्वास प्रस्वासमा समेत समस्या आउने देखिन्छ।

टीबी रोगबाट बच्ने उपायहरु

-कम्तिमा २ हप्ता भन्दा बढी लगातार रुपमा खोकी लागेमा तुरुन्तै डाक्टरको सल्लाह बमोजिमको औषधिको सेवन गर्ने

-अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने र खोक्दा एवम हाच्छ्यु गर्दा रुमालले नाक मुख बन्द गर्नु पर्दछ

-संक्रमित व्यक्तिले जथाभावी थुक्ने या खकार फाल्ने गर्नु हुदैन।

-दैनिक रुपमा पौष्टिक आहार र नियमित ब्यायाम या योग गर्ने

-धुम्रपान तथा मध्यपान सेवन गर्न देखि टाढा नै रहने

-टीबीको संक्रमणबाट बच्नका लागि  बि सी जी (BCG)  नामक खोप लगाउने

यसरी आफ्नो दैनिक आनिबनिमा केहि मात्रामा परिवर्तन गर्न सकेको खण्डमा यस्ता प्रकारका संक्रामक रोगहरु बाट बच्न सकिन्छ।

 

 

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६०८:२०

स्वाद र सन्तुष्टिका साथै तौल कम गर्नमा पनि उपयोगी छ पनिर, जान्नुहोस यसका फाइदाका बारेमा !