बलिउड अभिनेत्री शिल्पा शेट्टि फिल्मबाट टाढा भएपनि सोशल मिडियामा एक्टिभ रहन्छिन् । सोशल मीडियामा शिल्पा आफ्नो एक्सरसाइज गरेको भिडियो र तस्विर शेयर गरेर लाइमलाइटमा रहन्छिन् । उनी आफुले खाने व्यंजनको परिकारको भिडियो पनि शेयर गर्छिन् ।
शिल्पाले इंस्टाग्राममा एक यस्तो भिडियो शेयर गरेकी छिन् जसमा उनले जुता खाएकी छिन् । यो भन्दा पहिला तपाईले केहि अरु सोच्नुभन्दा पहिला हामी तपाईलाई भन्छौ कि शिल्पा सेट्टीले हातमा लिएको जुत्ता अरु केहि नभई खाने कुरा हो । यो एक चकलेट हो । शिल्पाको क्याप्शनमा पनि लेखेकी छन् ।
भिडियोमा भिन्न-भिन्न प्रकारको चकलेट र मिठाई देखिएको छ, तर शिल्पालाई भने यो चकलेटले आकर्षण गरेको छ । शिल्पा बलिउडको सबैभन्दा फिट अभिनेत्री हुन्। उनले स्वस्थ र पोषक तत्वले भरपूर डायट लिन्छिन् । उनी खानमा निकै सोखिन छिन् तर उनी एक्सरसाइज र योगाले आफुलाई फिट राख्छिन् । शिल्पा आफ्नो दिनको सुरुवात एक गिलास मन तातो पानीले गर्छिन् । शिल्पा शेट्टी जति व्यस्त भएपनि उनी बिहान योगा गर्न कहिले भुल्दिनन्। अहिले शिल्पा टिकटक भिडियोको कारण पनि चर्चामा रहन्छिन् ।