लाज लाग्नु एक प्राकृतिक गुण हो। तर, लाज कै कारण मानिसहरु, अरुहरुसँग कुरा गर्दा अथवा आफ्नो भावनाहरु व्यक्त गर्दा हिचकिचाउँने गर्छन्। केहि मानिसहरुलाई कुराकानी सुरु गर्न निकै सरल हुन्छ भने, केहि व्यक्तिहरु यस्ता पनि हुन्छन्, जसले कुराकानी गर्दा पनि पसिना बगाउने गर्छन्।
के नयाँ व्यक्तिसंग कुरा गर्दा, तपाईहरु पनि त्यस्तै महसुस् गर्नु हुन्छ? प्रायः व्यक्तिले आफ्नो लजालुपनलाई अन्तर्मुखी, आरक्षित, आदि नाम दिएका हुन्छन्। यी व्यक्तिहरुलाई नयाँ मानिसहरुसंग घुलमिल हुन सामान्य व्यक्तिहरु भन्दा अलि बढी समय लाग्ने गर्दछ। आउनुहोस्, शीर्ष पाँचमा परेका लजालु स्वभावका यी राशिहरुको बारेमा चर्चा गरौँ।
कन्या राशि:
कन्या राशिका व्यक्तिहरुले, यस प्रकारको अवस्थाको धेरै पटक सामना गरेका हुन्छन्। यी व्यक्तिहरु निकै हिम्मतका साथ अगाडी बढ्छन् तर, हिचकिचाउने स्वभावका कारण कुरा गर्न असमर्थ हुन्छन्। सामान्यतया, कन्या राशिका व्यक्तिहरु नयाँ तथा अज्ञात मुद्दाहरुदेखि डराउँने गर्दछन्। यस्तो अप्ठ्यारो अवस्थामा उनीहरुको अनुहार पसिना पसिना हुने गर्दछ।
कर्कट राशि:
कर्कट राशिका व्यक्तिहरु राम्रो श्रोता हुने गर्छन्। उनीहरु राम्ररी सुने पछि मात्र प्रतिक्रिया दिने स्वभावका हुन्छन्। कर्कट राशिका व्यक्तिहरु देखाएर काम गर्न मनपराउँदैनन्। बरु उनीहरु आफु चुप लागेर, अरुलाई बोल्ने अवसर दिने गर्छन्।
मकर राशि:
यी राशिका व्यक्तिहरु कुनै पनि कुराकानीमा आफैलाई चाँडै समायोजित गर्न सक्दैनन्। यस राशिका मानिसहरु आफ्नो सम्बन्धित विषय बाहेक अरु बिषयमा कुराकानी गर्न निकै गाह्रो महसुस् गर्छन्।
मीन राशि:
मीन राशिका व्यक्तिहरु स्वाभाविकै धेरै लजालु स्वभावका हुन्छन्। यी व्यक्ति जब अपरिचितहरुको माझमा आउछन्, तब निकै असहज महसुस् गर्ने गर्छन्। यी राशि सबैभन्दा संवेदनशील राशिहरु मध्ये एक हो। यी व्यक्तिहरु आफ्ना भावना र विचारहरुलाई आफैसंग राख्छन्।