चीनमा अहिले कोरोना भाइरसको महामारी फैलिएको छ । यस भाइरसलाई रोक्न चिन सरकारले सकेसम्म प्रयास गरिरहेको छ । साथै मानिसहरु यस संक्रमणलाई रोक्नको लागि सतर्कता अपनाईरहेका छन् ।
कोरोना भाइरसले त्यहाँको मनोरंजन जगतमा पनि असर गरेको छ । चिनमा हलिउड फिल्म ‘जोजो र्याबिट’ को प्रीमियर पनि हाल रोकिएको छ । यो कदम यस संक्रमणलाई रोक्नको लागि उठाईएको हो । वास्तवमा ‘जोजो र्याबिट’ २०१९ को अमेरिकन कमेडी-ड्रामा फिल्म हो । यो क्रिस्टीन लेयन्सको किताब कैजिंग स्काईजमा आधारित रहेको छ । फिल्मको निर्देशन र लेखन वेटिटीद्वारा गरिएको छ । यो फिल्म अस्कर २०२० कोथुप्रै श्रेणीमा नामांकित गरिएको छ ।
यस समय चीनका सम्पूर्ण सिनेमा हाल ठप्प भएको छ । फिल्मदेखि टिभी प्रोडक्शन अनिश्चितकालको लागि रोकिएको छ । देशको अधिकांश भागमा १० फेब्रुअरीसम्म चिनियाँ नयाँ वर्षको बिदा रहेको छ । चिनियाँ निवासी अधिकांश जस्तो आफ्नो घर भित्र नै बस्छन् र निकै जरुरी सामानको लागि मात्रै बाहिर निस्कन्छन्। जसकारण चिनमा व्यपारमा पनि घाटा भएको छ ।
अस्कर पुरस्कारको दावेदारमध्ये एक ‘जोजो र्याबिट’ को १२ फेब्रुअरीको रिलीज तारिख अहिले स्थगित गरिएको छ। यसका साथै फेब्रुअरी र मार्च महिनामा सम्पन्न हुने लाइव म्यूजिक शो स्थगित गरिएको छ । थुप्रै विदेशी म्यूजिक समूहले अहिले चीनको यात्रा गर्न रोकेका छन् ।