बुद्धिमान व्यक्तिको बानी
यो सुन्न र पढ्न अनौंठो लाग्न सक्छ, तर यो सत्य हो कि बुद्धिमान मानिसका पनि खराब बानी हुन्छ। र यो भन्दा बढि, तपाईं यो कुराले चकित हुनुहुनेछ कि यी खराब बानीहरूले उनीहरूको दिमाग अझै तेज बनाउन मद्दत गर्दछ।
कस्तो हुन्छ बुद्धिमान मानिस ?
एक अनुसन्धानका अनुसार बुद्धिमान व्यक्तिका केही नराम्रा कुरा अगाडी आएको छ जुन उनीहरुले चाहेमा पनि परिवर्तन गर्न सक्दैनन्। आउनुहोस् हामी ती तीनवटा खराब बानीहरूबारे जानौं, हुनसक्छ न तपाईमा पनि त्यस्तो बानी पो छ कि!
कसम खाने बानी
भनिन्छ कि जसले धेरै ‘कसम’ खान्छ उनीहरूबाट टाढा रहनु पर्छ, उनीहरूको विश्वास गर्नु हुँदैन किनकि यी व्यक्तिहरूले ‘कसम’ को हतियार बनाई आफैंको सुरक्षाका लागि प्रयोग गर्छन्। तर भर्खरको अनुसन्धानले अर्को कुरा पनि अगाडी आएको छ। यस अनुसन्धानका अनुसार, जो व्यक्ति साना साना चीजमा समेत कसम खाने गर्छन् उनीहरू मानसिक रूपमा कडा हुन्छन्। उनीहरूको सोच्ने तरिका, बोल्ने तरिका, उनीहरुको मनोवृत्ति वरपरका मानिसहरू भन्दा फरक हुन्छ।
रातको समयमा काम गर्ने बानी
बुद्धिमान मानिसहरु रातमा चाडै सुत्दैनन्। रातिको १० बजे बित्तिकै उनीहरुलाई कैयौ कामहरु याद आउन थाल्छ। जे होस्, बुढापाकाहरू भन्छन् कि जो मानिस राती चाडै निदाउछ र बिहान सबेरै उठ्छ उनको दिमाग पनि तीखो हुन्छ। तर बुढापाकाको कुरा अब पुरानो भइसकेको छ।
एउटा अनुसन्धानका अनुसार ती मानिस जसको आईक्यु ७५ भन्दा बढी हुन्छ ऊ राती ११ बजे भन्दा पहिले सुत्न जान्छ, तर जसको आईक्यू १२५ भन्दा माथि हुन्छ ऊ बिहान १ बजे भन्दा अघि निदाउदैन। त्यसो भए अब तपाई आफै भन्नुहोस् आईक्यूको कुरा सुन्नु हुन्छ कि बुढापाकाको?
यो पनि एउटा खराब बानी
बुद्धिमान व्यक्तिको कोठामा कहिल्यै नजानुहोस्, किन? किनकि उनीहरुको कोठा जहिले फोहोर हुने गर्दछ। सामानहरु सबै जता पायो त्यतै फालेको हुनेछ। तर यसको पछाडि अनौठो तर्क छ, अनुसन्धानका अनुसार, तिनीहरूका वरिपरि छरिएका चीजहरूले मात्र उनीहरूलाई केहि फरक सोच्ने क्षमता दिन्छ। यो सुन्दा अनौठो लागे पनि यो साँचो कुरा हो!