उठबस गर्नु यति धेरै फाइदा, अमेरिकाका स्कुलमा पनि गराउन थालियो उठबस

जब कक्षामा कुनै विद्यार्थीले सही जवाफ दिँदैनन्, तब शिक्षकले विद्यार्थीलाई कि त उठबस गर्न लगाउँछन् कि त कान तान्छन्। यस्तो शायद तपाईले पनि आफ्नो विद्यार्थी जीवनमा पक्कै पनि भोग्नुभएकै होला। जुनबेला तपाईलाई उठबस गर्न लाज लाथ्यो। जबकि वास्तवमा शिक्षकको यस्तो सजायले शारीरीक विकास राम्रो हुन्छ।

उठबस गराउनु या कान तान्ने सजायले वास्तवमा दिमाग तेज हुने कुरा वैज्ञानिक रुपमा साबित भएको छ। र यसो गर्दा शरीरको मांसपेशी मजबूत हुन्छन् तर यसको फाइदा त्यतिबेला हुन्छ जब यसलाई दैनिक रुपमा गरिन्छ।

के भन्छ विज्ञान ?
उठबस गर्दा दिमागका धेरै हिस्सा एकदमै सक्रिय हुन्छ। जसको कारण तपाई सचेत रहनुहुनेछ, तपाईको स्मरणशक्ति राम्रो हुनेछ र कुनै पनि चीजलाई तपाईले सजिलै बुझ्न सक्नुहुनेछ। यसै कारण विद्यालयमा यसलाई सजायको रुपमा प्रयोग गरिन्छ। पछिल्लो केही दशकमा वैज्ञानिकहरुले यस विषयमा गरेको शोधबाट केही आश्चर्यजनक तथ्य आएका छन्, जस्तो कि उठबस गर्दा केही सेकेन्डमै उल्फा एक्टिविटी बढ्छ। यस्तो यसकारण हुन्छ किनकी कान हाम्रो दिमागको दायाँ र बाया हुन्छ, जब यी दुई कानलाई तानिन्छ, यो एक किसिमले एक्युप्रेशर जसरी काम गर्छ, जसले गर्दा दिमाग उर्जावान हुन्छ। साथै केही शोधहरुबाट यस सजायले दिमागमा इलेक्ट्रिकल एक्टिविटी बढ्ने तथ्य सार्वजनिक गरेको छ।

‘सुपर ब्रेन योग’
उठबस सजाय अत्यन्तै फाइदाजनक हुने भएकोले थुप्रै देशका विद्यालयमा यस सजायलाई डाक्टरको मार्गदर्शनमा अपनाईएको छ। आजकाल अमेरिका, युरोपतिर उठबस गर्ने चलन व्यापक रुपमा सुरु भएको छ । तर सजायका रुपमा नभएर योगका रुपमा । दुवै कान समातेर उठबस गर्ने यो सजायलाई अहिले ‘सुपरब्रेन योग’ नाम दिइएको छ। यसको लोकप्रियता दिनानुदिन बढिरहेको छ।

प्रकाशित : मङ्गलबार, माघ २१, २०७६१३:४९

मलाई कोरोना भाइरस लागेको छ भन्दै कराए, विमानमा मच्चियो कोलाहाल !