काठमाडौँ, माघ २२ । अग्रणी नेपाली पत्रकारहरू मध्येका एक दुर्गानाथ शर्माको निधन भएको छ । वरिष्ठ पत्रकार शर्मालाई मंगलबार राति करिब ८ बजे मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्दा-गर्दै शर्माको बुधबार बिहान मनमोहन अस्पतालमा निधन भएको हो।
पत्रकार शर्माको २४ वर्ष अघि ओपन हा’र्ट सर्जरी गरिएको थियो ।
नेपाल टेलिभिजनको महाप्रबन्धक भैसकेका शर्मा हाल एक निजी टेलिभिजन कम्पनीको संस्थापक पनि हुन् । इलाम जिल्लाको फिक्कलमा जन्मेका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम सुरु गरेका थिए ।
उखु खेती राष्ट्रिय बाली हुन सकेन : कुशवाहा
उखु खेतीलाई राष्ट्रिय बालीका रुपमा सरकारले घोषणा गरे तापनि कार्यान्वयन हुन नसकेपछि दिनानु दिन उखु किसानमा मर्कामा पर्दै आएको उखु उत्पादक केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष रामचन्द्रसिंह कुशवाहाले बताउनुभएको छ । महोत्तरीको गौशालामा आज बिहान पत्रकारसँग कुरा गर्दै सरकारले स्वयम् उखु खेतीलाई राष्ट्रिय बालीका नाममा घोषणा गरे तापनि कार्यान्वयनमा नआउँदा वर्तमान समयमा किसान समस्याबीच उखु खेती गर्न बाध्यता रहेको जनाएका छन् ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा आफ्नै नेतृत्वमा किसानको पीडा–मर्कालाई सम्बोधन गराउनका लागि सरकारी पक्षकै सहमतिमा उखु खेतीलाई राष्ट्रिय बाली घोषणा गरिएको जानकारी दिनुभएको हो । वर्तमान परिवेशमा देशमा तीनवटै तहका सरकारका फितलो कार्यनीतिकै कारण वर्तमान समयमा किसान उखु खेती छाड्न बाध्य भएको अध्यक्ष कुशवाहाले आरोप लगाउनुभएको हो ।
अध्यक्ष कुशवाहाले अब देशमा रहेका तीनै तहका सरकारले वर्षौदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी उद्योगलाई सहकारीको माध्यमले सञ्चालन गरेर उखु किसानको समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको हो । सम्पूर्ण उखु किसान शेयर सदस्य हुने गरी वीरगञ्ज चिनी उद्योग सञ्चालनमा आए किसानका साथै देशलाई समेत आर्थिक रुपमा फाइदा पुग्ने धारणा राख्नुभएको हो ।