मलाई कोरोना भाइरस लागेको छ भन्दै कराए, विमानमा मच्चियो कोलाहाल !

कोरोना भाइरसको कारण, दुनिया भर ४०० भन्दा बढीले आफ्नो ज्यान गुमाई सकेका छन्। कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै अहिले विश्वभर त्रासको अवस्था छ ।

कोरोना भाइरसको त्रास कतिसम्म फैलिएको छ भन्ने कुरा क्यानडामा भएको एक घटनाले पनि पुष्टि गर्छ ।  क्यानाडामा एक व्यक्तिले बिमानको यात्रा गर्ने क्रममा आफुलाई कोरोना भाइरस लागेको कुरा बताएपछि बबण्डरनै मच्चियो।

पूरै कुरा के हो?

खबरका अनुसार, बिमान क्यानाडाको वेस्टजेट टोरन्टोबाट मोन्टेगो बे, जमैका जाँदै थियो। यसै बीच, एक २९ वर्षीय व्यक्तिले,  ५०० जना मानिसहरुको ज्यान लिएको भाइरस आफुमा भएको कुरा बताए। प्रहरीका अनुसार, त्यस व्यक्तिले आफू विगतमा चीन गएको र आफुलाई करोना भाइरस लागेको कुरा बताएका थिए।

लगातार सेल्फी लिदै थिए ती व्यक्ति

विमानमा सवार भएका यात्रुहरुका अनुसार, ती व्यक्तिले विमानमा लगातार सेल्फी लिइरहेका थिए र बारम्बार आफु कोरोना भाइरसबाट संक्रमित भएको कुरा बताउदै थिए।

विमान फिर्ता लगियो 

पायलटलाई यो थाहा पाउने बित्तिकै, उनले विमान टोरन्टोमा फिर्ता लगे। चालक दलले त्यस व्यक्तिलाई मास्क दिए र अन्य यात्रुहरुलाई शान्ति कायम गर्न अनुरोध गरे।

प्रहरीद्वारा प्रकाउ 

जब त्यस विमान पुनः टोरन्टोमा पुग्यो, पुलिसले उक्त व्यक्तिलाई प्रकाउ गरे। प्रहरीका अनुसार, अब त्यस व्यक्तिमाथि मुद्दा चलाइनेछ। यस उडानमा, २३३ यात्रुहरू सवार थिए। एयरलाइन्सले यात्रुहरूको असुविधाको लागि माफी मागेका छन्।

प्रकाशित : बुधबार, माघ २२, २०७६१०:४४

शारीरिक सम्पर्क अगाडी जहिले पनि यस्ता ५ कुरा लुकाउँछन् महिलाहरु, ज्यान गएपनि भन्दैनन् !