भोली जेठ २३ गते बिहिवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलीको राशिफल !

भोली बिक्रम संवत २०७६ साल जेठ महिनाको २३ गते बिहिवार सोहि अनुरुप सन् २०१९ जुन ५ तारिख , तपाईको दिन कसरी बित्ला हेर्नुहोस तपाईको भोलीको राशिफल

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

मानसीक  व्यग्रताको अनभूति हुनेछ।  पारिवारिक तथा इष्टमित्रका साथमा आपसी मनमुटावको स्थिति सिर्जना हुन सक्नेछ। सार्वजनिक स्थलमा मानहानी हुन सक्ने अम्भावाना रहेकाले बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। दाम्पत्य जीवन पनि खासै सुखमय रहने छैन।  नया कार्यको थलानी गर्दा निष्फल साबित भएर जान सक्नेछ।  समग्रमा मेष राशी हुनेहरुका लागि भोलीको दिन मध्यम रहेको छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

आर्थिक योजनाका कार्यहरु थालनी गर्दा प्रारम्भमा केहि बाधा अड्चन देखिएपनि अन्तन्त पूर्ण भएर जानेछ।  साथीभाई एवम परिवारजनका साथमा आनन्दमय व्यतित हुनेछ।  व्यापार व्यवसायको क्षेत्रमा उन्नती प्रगति भएर जानेछ।  शारीरिक तथा मानसिक स्वास्थ्य अनुकुल रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  नया कार्यको थालनी गर्नका  लागि समय उपयुक्त रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

दिनको सुरुवात शारीरिक तथा मानसिक प्रसन्नताको साथमा हुनेछ।  परिवारमा सुख शान्तिको अनुभूति हुनेछ।  अनावश्यक खर्च हुनबाट बच्नु पर्ने देखिन्छ।  आर्थिक लाभ हुने सम्भावना रहेको छ।  तर मध्यान्ह पश्चातको समयमा भने आर्थिक कारोवारका लागि समय खासै अनुकुल रहेको छैन।  कार्यमा सहकर्मीको साथ र सहयोग प्रसस्त मिल्नेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

आम्दानीको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  मानसिक चिन्ताले सताउने छ।  आँखा सम्बन्धी समस्या देखिन सक्ला सावधान रहनु होला।  अनावश्यक झैँ झमेलामा नाफस्दा नै राम्रो होला।  मध्यान्हपछिको समयमा भने आर्थिक दृष्टिले लाभ प्राप्त गर्न सकिने समय रहेको छ।  स्वास्थ्यमा सुधार भएर जानेछ।  पारिवारिक वातावरण सुखमय बित्ने देखिन्छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

बाणी तथा व्यवहारमा बिशेष संयमितता अपनाउनुपर्ने देखिन्छ।  मानसिक व्यग्रता उत्पन्न हुनेछ।  स्वास्थ्यको दृष्टिले भोलिको दिन कठिनाईयुक्त नै रहेको छ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ।  परिवारमा सुख शान्तिको वातावरण सिर्जना भएर जानेछ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

व्यापार  व्यवसायको क्षेत्रमा लाभ भएर जानेछ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  पारिवारिक सुख मिल्नेछ।  स्वास्थ्य सामान्य रहेको छ।  मानसिक तनावको स्थिति सिर्जना भएर जानेछ।  बोल्दा विचार पुर्याउनु पर्ने देखिन्छ।  अनावश्यक झैँ झमेला देखि टाढा नै रहदा राम्रो होला।  धार्मिक एवम आध्यात्ममा मन लगाऊनाले बिशेष लाभ मिल्ने देखिन्छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

सरकारी कार्यमा लाभ मिल्नेछ।  व्यापार व्यवसायको क्षेत्र उल्लासमय रहने छ।  नोकरीमा पदोन्नतिको योग रहेको छ।  सामाजिक दृष्टिले मान सम्मानमा वृद्धि भएर जानेछ।  आर्थिक लाभको समय रहेको छ।  सन्तान सुख मिल्नेछ। अचानक मित्रभेट हुने सम्भावना रहेको छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

परिवारमा अनावश्यक मनमुटावको स्थिति सिर्जना भएर जानेछ। व्यापार व्यवसायको क्षेत्रमा खासै समय अनुकुल रहेको छैन। प्रतिस्पर्धीले नकारात्मक समयको बढी भन्दा बढी फाइदा उठाउन सक्नेछन। सरकारी कार्यमा लाभ मिल्नेछ।  नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

नया कार्यको प्रारम्भ गर्ने उपयुक्त समय रहेको छैन।  उचित निर्णय लिन नसक्दा महत्वपुर्ण कार्य हातबाट उम्कन सक्ला।  शारीरिक एवम मानसिक अस्वस्थताले सताउने छ।  सन्तान सुख मिल्ने छैन।  व्यापार व्यवसायमा सहकर्मीले बिश्वास घात गर्न सकलन सावधान रहनु होला।  अध्यात्ममा मन लगाउनाले बिशेस लाभ हुने समय रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

परिवारजनका साथमा घुम्ने फिर्ने समय रहेको छ।  साथै स्वादिष्ट भोजनको अवसर मिल्ने छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।  मध्यान्ह पछिको समयमा भने शारीरिक तथा मानसिक स्वास्थ्य प्रतिकुल रहेको छ।  अनावश्यक खर्चको मात्रा बढेर जानेछ।  मनमा क्रोध भाव पैदा भएर जानेछ।  आध्यात्ममा मन जानेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्नेछ।  यश किर्तीमा वृद्धि भएर जानेछ।  स्वास्थ्य अनुकुल रहेको छ।  मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। मनोरन्जनात्मक क्षेत्रमा झुकाव बढ्ने छ।  परिवार एवम साथीभाईका साथमा दिन सुखद बित्ने छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

कला क्षेत्रमा रुचि बढेर जानेछ।  अचानक मित्रभेट हुनाले मन प्रफुल्लित हुनेछ।  बिद्यार्थीवर्गका लागि समय अनुकुल रहेको छ।  घरायसी वातावरण सुखमय रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  बोलीमा बिशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। अधुरा रहेका कार्यहरु सम्पन्न भएर जानेछ।  शत्रु परास्त भएर जानेछ।

प्रकाशित : बुधबार, जेठ २२, २०७६१३:५२

भोलि जेठ २४ गते शुक्रवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलिको राशिफल !