भाइरल रोग गाउँभरी फैलियो, दुई जनाको मृत्यु !

मार्तडी – बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुई जनाको ज्यान गएको छ ।

गाउँपालिका–१ साप्पाटा जोरुका ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावलको ज्वरोले मंगलबार ज्यान गएको वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए ।

घरका पाँच जना बिरामी परेका मध्ये कडराको ज्यान गएको र प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको साप्पाटा स्वास्थ्य चौकी प्रमुख वृज विकले जानकारी दिए । ज्वरो प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटिएका वडाध्यक्ष रोकायाले बताए ।

उनका अनुसार वडा नं १ को सिङ्गो गाउँ ज्वरोले प्रभावित बनेको छ । स्वामीकार्तिक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्त कैलाले औषधि लिएर स्वास्थ्यकर्मीको टोली पठाइएको बताए ।

अत्याधिक चिसोका कारण रुघाखोकी, ज्वरोलगायतका बिरामी परेका उनले जानकारी दिए । हिमाली गाउँपालिका–६ घुलाचौर ज्वरोले प्रभावित बनेको थियो । जिल्ला अस्पतालका चिकित्सक राजुराज जैसी सो क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित : बुधबार, माघ २२, २०७६१३:४७

बालुवाटार जग्गा प्रकरण: अख्तियारको फन्दाबाट बच्न विष्णु पौडेलका छोराले लगाए यस्तो ‘तिकडम’ !