१८३ जना सवार विमान अवतरण गर्दा चिप्लिएर टुक्रा-टुक्रा भयो ! [भिडियो सहित]

एजेन्सी – टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको ज्यान गएको छ भने १७९ जना घाइते भएका छन्।

अवतरण गर्ने क्रममा द पेगासस एयरलाइन्सको यात्रुबाहक विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको र सोक्रममा ३ जनाको ज्यान गएको पुष्टि भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार द पेगासस एयरलाइन्सको बोइङ ७२७ विमान धावनमार्गमा चिप्लिएर तीन टुक्रा भएको थियो। दुर्घटनाग्रस्त विमानमा आगो समेत लागेको बताइएको छ।

बताइएअनुसार, सो विमानमा १७७ यात्रु र चालकदलका ६ जना सदस्य सवार थिए। । देशको पश्चिममा रहेको इजमिर प्रान्तबाट आएको सो विमान सबिहा गोकसेन विमानस्थलमा दुर्घटनाग्रस्त भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्।

खराब मौसमका बीच अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त भएको बताइएको छ। स्थानीय संचार मध्यमहरुका अनुसार विमान धावनमार्गबाट चिप्लिएर ५०-६० मिटर पर पुगेको थियो। स्तानबुलका गभर्नर अलि एरलिकायाले विमान चिप्लिएर दुर्घटनाग्रस्त हुन पुगेको पुष्टि गरेका छन्। एरलिकायाका अनुसार घाइतेहरुको विभिन्न १८ अस्पतालमा उपचार भैरहेको छ।

विमानमा सवार अधिकाशं यात्री टर्किस नागरिक रहेको र त्यसमध्ये २० जना विदेशी नागरिक रहेको टर्कीका संचारमाध्यमहरुले बताएका छन्। मिडियाहरुमा दुर्घटनाका केहि भिडियोहरु पनि आएका छन्। जसमा विमान धावनमार्गबाट द्रुतगतिमा चिप्लिएको देखिएको छ।

प्रकाशित : बिहिबार, माघ २३, २०७६०५:२९

आफ्नै बच्चालाई बालुवामा गाडेर रोमान्स, बाबु-आमा पक्राउ!