काठमाडौँ – नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल, बाबुराम भट्टराई र विष्णु पौडेललाई पनि कानुनी कठघरामा उभ्याइनुपर्ने माग गरेको छ।
बिहिबार एक विज्ञप्ति जारी गर्दै तरुण दलले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन सरकारको नेतृत्व गरेका नेपाल, भट्टराई, तत्कालीन सरकारका मुख्य सचिव लिलामणि पौडेल र नेकपा महासचिव विष्णु पौडेललाई कारवाहीको माग गरेको छ।
“कम्युनिष्ट र भ्रष्ट मतियारहरु नेकपाका महासचिव विष्णु पौडेल लगायतलाई उन्मुक्ति र संरक्षण गरी राजनीतिक पूर्वाग्रह र व्यक्तिगत रिसइवी राखी अख्तियारले गरेको दुषित निर्णय तुरुन्त सच्याउन र उक्त प्रकरणमा सरकारको नेतृत्व गरेका नेपाल, भट्टराई, मुख्य सचिव पौडेल र नेकपा महासचिव विष्णु पौडेल लगायतलाई कानूनको कठघरामा उम्भयाउन माग गर्दछौं।”,विज्ञप्ति मार्फत दलले माग गरेको छ।
कांग्रेसमा उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध साँधेर भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रति पनि दलले सोहि विज्ञप्ति मार्फत आपत्ति जनाएको छ।
“कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई राजनीतिक प्रतिशोध राखि वदनियतपूर्वक लगाईको भष्टाचारको आरोप्रति नेपाल तरुण दलको ध्यान आकृष्ट भएको छ। तत्कालिन सरकारका प्रमुख नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र तत्कालिन सरकारका मुख्य सचिव लिलामणि पौडेललाई कम्युनिष्टको छाहारी भित्र राखि कांग्रेस भएकै कारण असम्बन्धित मन्त्रालयका तत्कालिन मन्त्री गच्छदारलाई कम्युनिष्ट अधिनायकवाद उन्मुख दुर्गन्धीत ओली सरकारको निर्देशन र योजनामा अख्तियारले लगाएको आरोप खेदपूर्ण छ ।”