थुनामा रहेकालाई छुटाइदिन्छु भन्दै यी वकिलले लिए ४२ लाख घुस, शुक्रबार बबरमहलबाट पक्राउ !

काठमाडौँ – लाखौं घुस रकम लिएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले एक जना वकिललाई पक्राउ गरेको छ।

थुनामा रहेको व्यक्ति छुटाइदिने भन्दै ४२ लाख घुस लिएको लिएको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो।

सांकेतिक तस्विर

रानामगरलाई शुक्रबार बबरमहलबाट पक्राउ गरिएको हो। रानामगरले दालतले दुई करोड पच्चीस लाख रूपैयाँ धरौटी टोकेको व्यक्तिलाई छुटाइदिने भन्दै उक्त रकम लिएको बताइएको छ।

महानगरीय अपराध महाशाखाका अनुसार राजश्व चुहावट प्रकरणमा थुनामा रहेका राकेश दाहाललाई छुटाइदिने भन्दै उनले ४२ लाख घुस लिएका थिए।

सांकेतिक तस्विर

अनुसन्धानका क्रममा रानामगरले घुस रकम बुझिसकेको खुल्न आएपछि पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ। बताइएअनुसार, उनले २०७४ साल साउन २४ गते पीडितबाट ४२ लाख घुस रकम लिएका थिए।

राजश्व चुहावट प्रकरणमा राकेश दाहाल २०७५ मंसिर २७ गते पक्राउ परेका थिए। दाहाललाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६१०:१९

उखुबारीमा युवतीको शव फेला