उखुबारीमा युवतीको शव फेला

मोरङ : शुक्रबार बिहान विराटनगर महानगरपालिका–१२ को बखरीस्थित एक उखुबारीमा युवतीको शव फेला परेको छ। घाँटी काटेर सलले बेरेको अवस्थामा युवतीको शव भेटिएको हो ।

शुक्रबारको दिन उखु काट्न गएका किसानहरुले शव देखे पछी तत्कालै मोरङका प्रहरीलाई जानकारी दिएका हुन्।

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले दिएका जानकारी अनुसार, त्यस शव सुनसरीको दुहबी नगरपालिका–६ कालि मन्दिरमा वसोवास गर्ने २४ वर्षीया सम्झना खत्री परियारको रहेको छ। जानकारीका अनुसार, उनका श्रीमान् ‘बसन्त परियार’ले शवको पहिचान गरेका हुन् । युवतीको घाँटीमा रेटेर चोट देखिएको हुदा, युवतीको अन्तै ज्यान लिएर उखुबारीमा फालेको आशंका गरिएको छ ।

युवतीले निलो आउटर, हरियो कुर्ता सुरुवाल, नाकमा नत्थी, वाया हातको चोरी औलामा औठ्ठी र दुवै खुट्टामा चाँदीको पाउजु लगाएकी थिइन्। शव नजिकै सुरुवाल पनि भेटिएको जानकारी पाइएको छ।

‘घटनाका विषयमा बिशेष अनुसन्धान भइरहेको छ’, मोरङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६१०:३२

“दलाल व्यवसायी पुँजीपतिलाई बढी कर लगाएर जनतालाई उदारतापूर्वक कम कर लगाइनुपर्छ”