सायद ३५ वर्षमा म पोर्चुगलमा माछा मारिरहेको हुन्थें…

एजेन्सी – इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले बुधबार मात्रै आफ्नो ३५औं जन्मदिन मनाए। रोनाल्डो ३५ वर्षको उमेरमा पनि फुटबललाई निरन्तरता दिरहेका छन्।

पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका उनी अब छैठो पटक च्याम्पियन्स लिग उपाधि जित्ने अभियानमा छन्। यधपी ३५ वर्षको उमेरमा पनि यसरी खेललाई निरन्तरता दिन्छु भनेर आफूले पहिला नसोचेको रोनाल्डो बताउँछन्।

पोर्चुगलको एक मिडियासँग कुराकानी गर्नेक्रममा रोनाल्डोले ३५ वर्षको उमेरमा पनि फुटबल खेल्छु होला भने आफूले पहिला नसोचेको बताएका हुन्।

“३५ वर्षको उमेरमा पनि फुटबल खेल्छुहोला भनेर सोचेको थिइन। ३५ वर्षको उमेरमा म्याडेइरामा माछा मार्ने काम गरिरहेको हुन्थें होला भनेर मैले सोचेको थिएँ।”,उनले भने,”व्यवसायिक फुटबलर बन्छु भन्ने सोच त थियो। तर, यति धेरै कुरा जित्छु र ३५ सम्म खेल्छु भनेर सोचेको थिइन्।”

यस्तै रोनाल्डोले युभेन्टसबाट च्याम्पियन्स लिग जित्नेमा आफू आशावादी रहेको पनि बताए। युभेन्टसको टिम उत्कृष्ट रहेको हुँदा यसपालि च्याम्पियन्स लिग जित्नेमा आफू आशावादी रहेको उनको भनाई छ।

“युभेन्टसबाट च्याम्पियन्स लिग जित्ने मौका छ। हामीलाई थाहा छ कि यो गाह्रो छ। तर, हामीसँग टिम राम्रो छ। जसकारण हामी च्याम्पियन्स लिग जित्न सक्छौं।”,उनले भने।

इटालियन सिरी ए क्लब युभेन्टस तथा पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो बुधबारबाट ३५ वर्ष लागेका हुन्। रोनाल्डोको जन्म सन् १९८५मा भएको थिए।

इटालियन सिरी एको जारी सिजनमा रोनाल्डो उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। सिजनमा उनले अहिले सम्म १९ गोल गरिसकेका छन्।

प्रकाशित : शुक्रबार, माघ २४, २०७६१४:११

कोपा डेल रे : ठूला टोली बार्सिलोना र रियल म्याड्रिडले ‘हावा’ खाए !