काठमाडौँ – बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणका दोषीहरुलाई कारवाहीको माग गर्दै विवेकशील नेपालीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।
शनिबार बालुवाटारस्थित ललिता निवासको मुल गेटमा प्रदर्शन गरिरहेका विवेकशील नेपाली दलका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बालुवाटारस्थित ललिता निवासको मुल गेटमा भ्रष्टचारीलाई रेड कार्डसहित विवेकशीलका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेको र सोक्रममा प्रहरीले हस्तक्षेप गरी नियन्त्रणमा लिएको बताइएको छ।
प्रहरीले नियन्त्रण लिएका विवेकशीलका नेता तह कार्यकर्ताहरुमा रन्जु दर्शना, शशि विक्रम कार्की, प्रमेश श्रेष्ठसहित ११ जना केन्द्रीय नेता छन्।