प्रचण्डको नजरमा जनयुद्ध गलत थिएन: भन्छन् – ‘जनयुद्धकै कारण देशले मुहार फेर्यो’

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धकै कारण देशमा ठूलो परिवर्तन सम्भव भएको दावी गरेका छन्।

कान्तिपुर कन्क्लेभ अन्तर्गत “प्रचण्डसँग परिसम्वाद” कार्यक्रममा बोल्दै प्रचण्डले प्रचण्डले जनयुद्धकै कारण देशमा गणतन्त्र लगायतका ठूला परिवर्तन सम्भव भएको दावी गरेका हुन्।

जनयुद्ध गलत थियो भन्ने सोच आफूलाई कहिले पनि नआउने स्पष्ट पार्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध बिना तत्कालिन स्थितिमा आउन सम्भव नभएको उनले जिकिर गरे।

“जनयुद्ध गल्ति थियो भन्ने सोच मेरो कल्पनामा कहिले पनि छैन र हुँदैन पनि।”,प्रचण्डले थपे,”संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध बिना अहिलेनै आउन सम्भव थिएन। यो तथ्य कसैले माने पनि, नमानेपनि इतिहासको कटुसत्यका रुपमा स्थापित छ, सयौं वर्ष सम्म रहिरहन्छ।” जनयुद्ध बारे आफूलाई जहिले पनि गर्व लाग्ने उनले सुनाए।

यस्तै प्रचण्डले जनयुद्धका क्रममा ज्यान १७ हजार व्यक्ति मारिएको भएता पनि आफू कुनै घटनामा संलग्न नरहेको पनि इंकित छन्। “म के-कति घटनामा संलग्न छु भन्ने कुरा सबैलाई थाहै छ। “केहि समय अगाडी ५ हजारको मात्रै जिम्मा लिने अभिव्यक्ति दिएको बारे बोल्दै प्रचण्डले भने।

प्रचण्डले विभिन्न अवसरहरुमा युद्धको नेतृत्व आफुले गरेपनि अहिलेसम्म कसैलाई एक थप्पड नहानेको बताउँदै आएका छन्। हिंसात्मक क्रियाकलापमा मेरो कहिँ प्रत्यक्ष सहभागिता नभएको प्रचण्डको अभिव्यक्ति रहने गरेको छ। जसलाई इंकित गर्दै प्रचण्डले शनिबार “म के-कति घटनामा संलग्न छु भन्ने कुरा सबैलाई थाहै छ।” भनेका हुन्।

प्रकाशित : शनिबार, माघ २५, २०७६१३:५५

भोलि एक महिने स्वस्थानी वर्त समापन गरिँदै: यसरी समापन गर्दा मिल्छ लाभ !