आफ्नो डीएनए छोरासँग नमिलेपछि उड्यो डाक्टर श्रीमानको होश, उठाए यस्तो कदम !

एजेन्सी, हालै सामाजिक संजालमा यस्तो घटना बाहिरिएको छ, जुन सुनेर जो-कोहि पनि अचम्ममा पर्नेछन् । भारतको आगरामा श्रीमान र श्रीमतीको झ’गडा हुनुको कारण सुन्दा जो-कोहि पनि अचम्ममा परेका छन् ।

शाहगंजको  एक डाक्टरको  डीएनए उनको पाँच वर्षको  छोरासँग नमिलेपछि उनले आफ्नी श्रीमतीलाई डिभोर्स दिन अदालतमा पत्र दिएका  छन्  । श्रीमती एक बैंकमा कार्यरत छिन् । तर श्रीमतीले आफ्नो श्रीमानको रिपोर्ट गलत रहेको भन्दै एसएसपीलाई गुनासो गरेपछि यो मामिला परामर्श केन्द्रमा पठाइयो।

दुबैलाई यहा सुनुवाइ गरिएको थियो तर मुद्दा अदालतमा पेश गरिसकेको हुनाले दुबैलाई त्यहाँ पठाइएको थियो। ६ वर्ष पहिले बिहे गरेका यी दम्पति अहिले छुट्टा छुट्टै बस्दै आइरहेका छन् ।

परिवार परामर्श केन्द्रको काउन्सिलर डाक्टरले बताए अनुसार  यो केस त्यहाँ  केहि समय पहिले आएको थियो  । डाक्टर र श्रीमतीबीच निकै झ’गडा भयो । डाक्टर खुलेर यो भन्न सकिरहेका छैनन् कि उनको श्रीमतीको सम्बन्ध अरु मान्छेसँग पनि छ ।

प्रकाशित : सोमबार, माघ २७, २०७६०९:०९

निर्मला पन्तको ह’त्यामा दिलीप विष्ट नै देखिए दोषी!